यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको ३१ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको हो ।
उक्त साधारणसभाले हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने रकम (२१ करोड रुपैयाँ) बराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने रकम (१ करोड १० लाख ५२ हजार रुपैयाँ) बराबरको नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड कायम गर्न निर्देशन दिएकाले कम्पनीले यसअघि नै १५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । अब बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले हकप्रद प्रतिशतलाई परिमार्जन गरेर १० प्रतिशत अर्थात् १०० कित्ता बराबर १० कित्ता हकप्रद निष्कासन गर्ने गरी परिमार्जन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
त्यसैगरी सभाले गत आर्थिक वर्ष को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस