माबिलुङ इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज आइतबार, साउन ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले असार २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ बराबरको जारी पुँजीमध्ये ४८.९९९८ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको हो। यसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्कासन गरेको छ।
जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८५ हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि छुट्याइएको छ। यस अन्तर्गत संखुवासभा जिल्लाको मादी नगरपालिका–७, ८, ९ र चैनपुर नगरपालिका–२, ३, ७, ८, ९ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
स्थानीयले ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, हिमालयन बैंकको मादी शाखा, लक्ष्मी सनराइज बैंकको खाँदबारी शाखा तथा मादी–७ स्थित आयोजनाको पावरहाउस कार्यालयमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
सर्वसाधारणका लागि छुट्याइएको कुल शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार ४७१ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएको छ। उनीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू वा सीडीएससीको मेरो शेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
आईपीओमा आवेदन दिने लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।
माबिलुङ इनर्जीको यस आईपीओ निष्कासनको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस