प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङ्लौन सिसौलिथबीच आज द्विपक्षीय भेटवार्ता भएको छ।
चीनको थियानजिनमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री ओली र राष्ट्रपति सिसौलिथबीच आज बिहान भेटवार्ता भएको हो। भेटका क्रममा दुई देशबीचको आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
शांघाइ सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने कार्यक्रम पनि छ । पाँचदिने चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता पनि गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले आज रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा.मोहमद मिज्जुसँग पनि भेटवार्ता गर्ने तयारी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस