Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्री लेखकको स्पष्ट भनाइ: लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै मित्रराष्ट्रले चित्त दुखाउन नपर्ने

अर्थ संसार

सोमबार, १६ भदौ २०८२, १४ : २३ मा प्रकाशित

गृहमन्त्री लेखकको स्पष्ट भनाइ: लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै मित्रराष्ट्रले चित्त दुखाउन नपर्ने

गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको अविभाज्य भूभाग भएको भन्दै यस विषयमा छिमेकी मित्रराष्ट्रहरूले चित्त दुखाउन नपर्ने स्पष्ट पारेका छन्।नेपाल प्रेस युनियन, पर्सा द्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने  "भारत र चीनले नेपालको लिपुलेक क्षेत्रलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौता सही रूपमा हेर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाउनु स्वाभाविक र उचित रहेको छ।"

लेखकले थपे, “लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हुन्। हामीले हाम्रो भूमिलाई हाम्रो हो भन्नुमा कुनै पनि देशसँग सम्बन्ध बिग्रनु आवश्यक छैन। मित्रराष्ट्र भारत र चीनले यसबारे चित्त दुखाउनु पर्ने कुनै आधार छैन। यो हाम्रो भूमि हो र हामी यसमा स्पष्ट छौं।”साथै उनले प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा नेपालका सीमासम्बन्धी सम्झौतामा आपत्ति जनाउनु पूर्णतया सहि भएको बताए।गृहमन्त्री लेखकले स्पष्ट पारे कि नेपालको भूभाग कुनै पनि अन्य राष्ट्रका राजनीतिक वा व्यापारिक प्रयोजनका लागि प्रयोग हुन नदिने नेपाल सरकारको दृढ नीति छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको