Like us!
Follow us!
Connect us!
Watch us!

बजेट विनियोजन गर्दा सरकारले झापालाई मात्रै नेपाल देख्छ - सांसद तामाङ

अर्थ संसार

बुधबार, १८ भदौ २०८२, १५ : ३० मा प्रकाशित

बजेट विनियोजन गर्दा सरकारले झापालाई मात्रै नेपाल देख्छ - सांसद तामाङ

नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामा तामाङले कर्णाली प्रदेशलाई विकास बजेटमा बेवास्ता गरिएको भन्दै सरकारप्रति कटाक्ष गरेकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद तामाङले सरकारले बजेट विनियोजन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापालाई मात्र प्राथमिकता दिने गरेको आरोप लगाइन्। उनले कर्णाली क्षेत्रका सडक र भौतिक पूर्वाधारका लागि पर्याप्त स्रोत नछुट्याइएको भन्दै आपत्ति जनाइन्। उनले कर्णालीको विकास नगरी समृद्ध नेपाल सम्भव नरहेको कुरा आफूहरु उठाउँदै आएको भएपनि सरकारले सुन्न नचाहेको बताइन् ।

उनले भनिन्, ‘सरकारले कर्णाली क्षेत्रका सडकमा बजेट र साधन स्रोत उपलब्ध गराउँदैन । बजेट विनियोजन गर्दा झापालाई नेपाल देख्छ । तर सम्माननीय प्रधानमन्त्रीज्यूलाई यो सदनबाट हामी कर्णालीबाट प्रतिनिधित्व गर्ने माननीयहरुले कर्णाली भनेको नेपालसहितको भूगोल हो, कर्णालीको विकास नगरी समृद्ध नेपाल बन्दैन भनेर पटक पटक भनिरहेका छौं । प्रधानमन्त्रीज्यूले अधुरा तथ्यको साहारा लिँदै, कार्यकर्ताको मगन्ते कुरा सुन्दै कर्णालीको विकासका बारेमा धारणा बनाएर गलत व्याख्या गर्नुहुन्छ । त्यसैले प्रधानमन्त्रीलाई सदनका सबै बैठकमा अनिवार्य रुपमा सदनमा उपस्थित हुने व्यवस्था गरियोस् ।’

उनले प्रधानमन्त्री ओलीले कर्णालीको विकासबारे अधुरा तथ्यका आधारमा धारणा बनाएको भन्दै आपत्ति जनाइन् । साथै, प्रधानमन्त्रीले संसद बैठकमा नियमित उपस्थिति जनाउनुपर्ने व्यवस्था मिलाउनुपर्ने माग पनि राखिन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको