Like us!
Follow us!
Connect us!
Watch us!

‘समृद्ध नेपाल, सुखी नेपाली’ नै हाम्रो लक्ष्य हो - केपी शर्मा ओली

अर्थ संसार

शुक्रबार, २० भदौ २०८२, १३ : ३८ मा प्रकाशित

‘समृद्ध नेपाल, सुखी नेपाली’ नै हाम्रो लक्ष्य हो - केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूसँग ‘म्याजिक नम्बर’ रहेको भ्रम भएपछि एमालेलाई सरकारबाट हटाइएको बताएका छन्।पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै कांग्रेससँग सहकार्य सुरु गरेपछि देशमा देखिएको अस्थिरता र अराजकतामा नियन्त्रण आएको दाबी गरे।

उनले भने, ‘हामी ब्याक बेञ्चरजस्तो पछाडि बस्नुपर्ने अवस्था, नेपाली राजनीतिमा सहयोगीभन्दा माथि होइन भन्ने अवस्था, भन्दै खेरी भनिएको थियो, कांग्रेस एमालेको अगाडि हामीलाई समर्थन गर्नुको विकल्प छैन। कि एउटा समर्थन गर्छ कि अर्काले। भ्रम परेको थियो, आफूमा जादुमयी शक्ति छ भन्नेमा। भ्रम पर्न थालेको थियो आफ्नो संख्या म्याजिक नम्बर हो भन्ने १४ महिना अघिसम्म, त्यो अवस्था एमालेले चिरेको छ।’

ओलीले पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई आफ्नो लक्ष्य बनाएर अघि बढिरहेको बताए। उनले देशलाई समृद्ध बनाउनेभन्दा ठूलो गन्तव्य अरू केही नहुने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको