सन् १९९७ देखि २०१२ भित्र जन्मिएका जेनजी पुस्ताले भ्रष्टाचार र नातावादविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन सुरु गरेका छन् । उनीहरू भ्रष्टाचार, शासनप्रणालीमा रहेको अव्यवस्था र अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने सरकारी कदमको विरोधमा सडकमा उत्रिएका हुन्।
राष्ट्रिय झण्डा हातमा लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले राष्ट्रप्रेम झल्किने गीत गाएका छन्। उनीहरूले ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’, ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’ जस्ता नारा लेखिएका प्लेकार्डहरू समेत बोकेका छन्।
सामाजिक सञ्जालमार्फत आह्वान गरिएको यस प्रदर्शनमा जेनजीले कुनै पनि राजनीतिक दलका नेता वा कार्यकर्तालाई सहभागी हुन अनुमति नदिने स्पष्ट पारेका छन्। प्रदर्शनमा सहभागीहरूले रुखबिरुवा नफोड्ने, सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउने, आगजनी वा तोडफोड नगर्ने, कसैलाई धम्की नदिने तथा सभ्य र जिम्मेवार तरिकाले प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरेका छन्। भीडमा घुसपैठको सम्भावना भन्दै सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस