अर्थ संसार, काठमाडौं– शेयरमा गरिने लगानीमा प्रतिफल निश्चित हुँदैन । निश्चित हुने भए सबै सेयरमा लगानी गरेर धनपति बन्ने थिए । तर लगानी गर्दा विचार पुर्याउने हाे भने घाटामा भने जानु पर्दैन ।
तपाइँले सेयर किन्न लगानी गर्नु भएकाे हाे कि जुवा खेल्नु भएकाे भनेर पहिल्याउनु पर्छ । सेयरमा लगानी गर्ने हाे भने कम्पनीकाे अबस्थालाई अध्ययन गर्नु पर्छ । अध्ययन गरेर गरिएकाे लगानीले तत्काल ठूलाे फाइदा नहाेला, तर दिर्घकालमा राम्रै फाइदा हुन्छ ।
शेयरबजार कति बेला आरालो लाग्छ र कति बेला उकालाे लाग्छ भन्ने कुनै सूत्र हुँदैन । त्यस्ताे सूत्र भएकाे भए सबैले सूत्र कण्ठ गर्ने थिए । तर, कम्पनीकाे अध्ययन गर्न केही सूत्रहरू भने पक्कै छन् । ती सूत्रलाई अध्ययन गरेर लगानी गर्ने हाे भने ठूलै कम्पनीलाई ठूलाे संकट नआएसम्म लगानी डुब्ने सम्भावन हुँदैन ।
कम्पनीकाे सेयर मूल्य मूल्य आम्दानी अनुपात (पिइ रेसियाे), खूद सम्पति, कूल सम्पति, प्रतिशेयर आम्दानी, संचित नोक्सानी, संचालन खर्च कुराहरूल प्रभाव पार्दछ्न् । अधिकांश कम्पनीलाई त्यस कुराले प्रभाव पार्दछन् ।
नेपालकाे सेयर बजार बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरू र जलविद्युत कम्पनीकाे नियन्त्रणमा छ ।यी मध्ये बैंकको हकमा खराब कर्जा, पूँजीकोष, निक्षेप कर्जा अनुपात, लागत मूल्य, आधार दर, स्प्रेड दर कुराले पनि प्रभाव पार्दछन् ।
बीमा कम्पनीहरूकाे सूचकलाई हेर्दा बचत तथा बीमा कोष,दायित्व धारण,कुल बीमा शुल्क आर्जन, कायम बीमा लेख, बाँकी दाबी भुक्तानी, महाविपत्ती जगेडा कोष जस्ता कुराहरूलाई हेर्नु पर्छ ।
यस्तै जलविद्युत कम्पनीलाई छान्दा ऋण,भावी योजना र सम्भावना, कम्पनीले उत्पादन गरिरहेकाे जलविद्युत, त्यसकाे बजारलगायतका कुराहरू हेर्नु पर्ने हुन्छ ।
यिनै मूख्यत कम्पनीहरूकाे बुक भ्यालु (कितावी मूल्य), प्रतिशेयर आम्दानी, बजार मूल्य, कुराकाे आधारमा हामीले केही कम्पनीकाे अध्ययन गरेका छाैं ।
प्रति सेयर आम्दानी
सामान्यतः खुद आम्दानी (अवधीको नाफा)लाई कम्पनीमा कायम शेयर संख्याले भाग गरेर प्रतिशेयर आय अर्थात् अर्निङ पर शेयर (इपिएस) निकालिन्छ । जति धेरै प्रति सेयर आम्दानी हुन्छ, सेयरधनीले बाेनस सेयर र नगद लाभांश पाउने सम्भावना धेरै हुन्छ । त्यसैले कम्पनी छान्दा प्रतिशेयर आम्दानी धेरै भएकाे कम्पनी हेर्नु पर्छ ।
प्रतिशेयर खुद मूल्य (नेटवर्थ)
लगानीकर्ताको शेयरको मूल्य बढेर अहिले कति पुगेकाे छ भनेर यसले देखाउँछ । यसलाई तपाइँले गरेकाे १०० रूपैयाँ लगानी बढेर अहिले कति पुगेकाे छभनेर देखाउँछ । यसलाई अर्काे शब्दमा कितावी मूल्य ( बुक भ्यालु) पनि भनिन्छ ।
मूल्य आम्दानी अनुपात (पिई)
कम्पनीकाे प्रतिशेयर आम्दानी हेरेर हेर्दा बजारमा सेयरकाे मूल्य कति गुणा बढिमा किनबेच भइरहेकाे छ भनेर यसले छु्ट्याउन हामीलाई सघाउँछ । कम्पनीले यतिकै आम्दानी हरेक बर्ष गर्दा अहिले बजारमा किनेकाे सेयरले कति समयमा लगानी फिर्ता गर्ला भनेर पिइ रेसियाे हेरेर अनुमान लगाउन सकिन्छ । अन्तराष्ट्रिय रूपमा पिई रेसियाे १५ गुनासम्म भएकाे सेयरलाई उपयुक्त मानिन्छ । त्यसभन्दा बढि २० गुनासम्ममा सामान्य जोखिम हुन्छ भने २० भन्दा बढी पिइ भएकाे कम्पनीलाई जोखिमपूर्ण मानिन्छ । यस हिसाले हेर्दा बाणिज्य बैंकहरूकाे सेयर निकै सस्ताे लाग्छ भने लघुवित्तकाे सेयर जाेखिमपूर्ण मान्नु पर्ने हुन्छ ।
प्राइस टु बुक भ्यालु रेसियाे (पिबी)
पिबी रेसियाे भनेकाे कम्पनीकाे सेयरकाे कितावी मूल्य र सेयरकाे बजार मूल्यकाे अनुपात हाे । पिबी रेसियो ५ सम्म भएको सेयरलाई सुरक्षित मानिन्छ । कुनै कम्पनीकाे कितावी मूल्य १५० रूपैयाँ छ भने बजारमा त्याे सेयरमा ७५० रूपैयाँसम्म लगानी गर्न सकिन्छ ।
केही कम्पनीकाे उदाहरण हेराैं ।
बाणिज्य बैंक
विकास बैंक
फाइनान्स
लगानीसूत्र डटकमले सार्वजनिक गरेकाे ती कम्पनीहरूकाे आर्थिक बर्ष २०७६/२०७७ काे तथ्यांकका आधारमा प्रति सेयर आम्दानी, कम्पनीकाे नेटवर्थ, पिबी र पिइ रेसियाे हेरेर यी कम्पनी छानिएका हुन् ।
(हामीले प्राप्त तथ्यांकका आधारमा समाचार तयार गरेका हाैं । तथ्यांक भेरीफाइ गरेर लगानीकर्ताले स्वविवेक प्रयाेग गरेर लगानी गर्नु उपयुक्त हुन्छ ।)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस