Like us!
Follow us!
Connect us!
Watch us!

दशैंको शेयर बजार : उचालिएला कि सुस्ताउला ?

अर्थ संसार

सोमबार, २६ असोज २०७७, ११ : १३ मा प्रकाशित

दशैंको शेयर बजार : उचालिएला कि सुस्ताउला ?

नेपालीहरूले मनाउने दशैंतिहारजस्ता ठूला चाड संघारमै आएका छन् । यस्तो बेला कोरोनाको कहरले मुलुक आक्रान्त छ । सरकारले जोजहाँ बसेको छ, त्यहीँ रहेर दशैं मनाउन आग्रह गरेको अबस्था छ । दशैं लागेको बेला सेयर बजार के होला सबैको चासो छ । 

दशैंतिहार नेपालीहरू रमाउने चाड मात्र हैन, अर्थतन्त्रलाई चलायनमान बनाउने अबसर पनि हो । हुनेखानेले मात्र हैन, हुँदा खानेले पनि दशैं मनाउन खर्चको जोहो गरेकै हुन्छन् । उनीहरू यही अबसर पारेर आर्थिक उपार्जनका काममा लाग्छन् । कतिपयले दशैंका लागि खर्च भनेर जोगाएर राख्छन् । खोरमा खसी, भकारीमा धानचामल, बारीमा केराको घरी दशैंका लागि भनेर साँचिन्छ ।

दशैंमा नयाँ लुगा किन्ने, मिठो मसिनोको जोहो गर्ने चलन परंपरादेखिकै हो । त्यही भएर सरकारी तथा संगठित निकायले दशैंका बेला बोसनका रूपमा एक महिनाको तलब बराबरको अतिरिक्त रकम कर्मचारीलाई उपलब्ध गराउँछन् । विदेशमा बस्नेहरू समेत दशैं मान्न बचत गरेको रकम बोकेर घर फर्कन्छन् । घर फर्कन नसक्नेहरूले परिवारलाई दशैं मनाउन खर्च पठाउँछन् । यसले गर्दा दशैंका बेला बजारमा नगद प्रवाह निकै हुन्छ । यही बेला जम्मा भएको रकमले किनमेल गर्ने, सवारी साधन, विद्युतीय सामान, सुनचाँदी जोड्ने पनि चलन छ । त्यसैले यस्तो बेला ब्यापारीहरूले पनि ब्यापार प्रबर्धनका विभिन्न योजनाहरू ल्याएर ग्राहकलाई आकर्षित गर्छन् । छुट योजना, उपहार योजनाले ग्राहक पनि केही सस्तोमा सामान किन्न पाउँछन् भने ब्यापारी पनि यतिबेला धेरै बिक्री हुने भएकाले राम्रो फाइदामा हुन्छन् । 

यति खेर जसरी बजारमा नगद प्रबाह बढेको हुन्छ, त्यसै गरी परिवारमा जम्मा भएको रकम लगानी गर्ने बेला पनि हो । अनावश्यक फजुल खर्च गरेर रकम उठाउनु भन्दा लगानीका क्षेत्रहरू पहिल्याएर थोरै रकम भए पनि लगानी गर्नु उपयुक्त हुन्छ । यस्तो लगानीको क्षेत्र सेयर बजार हुनसक्छ । 

हुनतः कोरोनाको विश्वब्यापी महामारीका कारण लगानीका क्षेत्र खुम्चिँदै गएका छन् । त्यसैले विश्वब्यापी रूपमै लगानीकर्ताहरू सेयर बजारतिर आकर्षित भएका छन् । नेपालमा पनि कारोबारका हिसावले लगानीकर्ताहरू सेयर बजारमा केन्द्रित भएको बुझ्न सकिन्छ । लकडाउनअगाडि केही करोडमा सीमित सेयर कारोबार अहिले अर्बमा पुग्नु सामान्य भएको छ । यही बीचमा ४ अर्बभन्दा बढीको कारोबार भएर नेपाल स्टक एक्सचेन्जले रेकर्ड राखिसकेको छ ।

दशैं संघारमा आइरहेका बेला सेयर कारोबार हुने दिन अब करिव २ सातामात्र बाँकी छ । यसबीचमा सेयर बजारले कस्तो स्वरूप लेला भन्ने सबैको चासो छ । यसपालि दशैं कात्तिकमा परेको छ । ऋण लिएर सेयरमा लगानी गर्नेहरूलाई दशैंको पूर्वसन्ध्यामा असोज मसान्तभित्र ब्याज तिर्नु पर्ने बाद्यता हुन्छ । त्यसैले कतिपय सेयरधनीलाई त्यही सेयर बेच्नु पर्ने हुन्छ । यसले बजारमा सेयरको आपूर्ती बढाउने छ । 

यद्यपि दोस्रो बजारमा लघुवित्त र केही बीमा कम्पनीहरूबाहेक अरू कम्पनीको सेयर मूल्य औषतभन्दा निकै सस्तो छ । मूल्य आम्दानी अनुपातलाई हेर्दा पनि बाणिज्य बैंकहरूका सेयर समेत सस्तोमा किन्न पाइएको छ । त्यस्तै विकास बैंक, फाइनान्स, हाइड्रोपावर कम्पनीका सेयर बुकभ्यालुभन्दा केही बढी तिर्दा किन्न पाइन्छ । त्यसैले दशैंमा बजारमा प्रवाह भएको नगद सेयर बजारमा जाने सम्भावना छ । यसले गर्दा सेयर बजार अझै उचालिने अबस्था देखिन्छ । 

बजारमा रहेकाअधिकांश सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का इकाइहरूसमेत अंशकत मूल्य (१० रूपैयाँ) को हाराहारी वा त्योभन्दा सस्तोमा पाइन्छन् । सेयर मूल्य बढेसँगै सामुहिक लगानी कोषको आम्दानी पनि बढ्दै जान्छ । त्यसले गर्दा तिनले वितरण गर्ने मुनाफाको प्रतिशत बढ्ने छ । त्यसैले लगानीको अर्को क्षेत्र सामुहिक लगानी कोषका इकाइहरू हुनसक्छन् । 

समग्रमा हेर्दा सेयर बजार उकालो लाग्ने देखिन्छ । त्यसैले तपाइँ पनि दशैंमा जम्मा भएको नगद, दक्षिणालगायतको अतिरिक्त आम्दानी सेयर बजारमा लगानी गर्ने कि रु

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको