Like us!
Follow us!
Connect us!
Watch us!

सेयर ज्ञान: केन्द्रीय निक्षेप प्रणाली भनेकाे के हाे ?

अर्थ संसार

मंगलबार, २७ असोज २०७७, १० : १९ मा प्रकाशित

सेयर ज्ञान: केन्द्रीय निक्षेप प्रणाली भनेकाे के हाे ?

अर्थ संसार, काठमाडौं-धितोपत्र बजारमा निष्कासन भएका धितोपत्रहरु सम्बन्धित धितोपत्रधनी बाट आफ्नो जिम्मामा लिई धितोपत्रको खाता राख्ने प्रणाली हाे । नेपालमा धितोपत्रको केन्द्रीय निक्षेप प्रणालीको सञ्चालन सिडिएस एन्ड क्लियरिङ लिमिटेडले गर्दै आएको छ । नेपाल स्टक एक्सचेन्जको पूर्ण स्वामित्वकाे रहेको सहायक कम्पनी हो । केन्द्रिय निक्षेप प्रणालीले धितोपत्र कारोबारको राफसाफ, फर्छ्यौट तथा नामासारी प्रक्रियालाई शिघ्र रुपमा सम्पन्न गर्ने सघाउँछ । 

यसले बैंकमा पैसा राखेजस्तै तपाइँकाे धितोपत्रलाई सुरक्षित रूपमा राख्दछ । सिडिएसले धिताेपत्र दलाल, मर्चेन्ट बैंकर, बैंकहरूलाई  निक्षेप सदस्य (डिपोजिटरी पाटिसिप्यान्ट्स, डिपी) का रूपमा प्लेटफर्म उपलब्ध गराउँछ । सर्बसाधारणाहरू यिनै डिपीमार्फत केन्द्रीय निक्षेप प्रणालीमा आवद्ध हुन सक्छन् । बैंकहरुले नगद राख्न वा झिक्न खाता खोल्ने सुविधा दिएजस्तै डिपीले धितोपत्र राख्न वा झिक्नका लागि लगानीकर्ताहरुको नाममा खाता खोल्ने सुविधा दिन्छन् । त्यस्ताे खातालाई डिम्याट खाता भनिन्छ । हामीले डिपीहरूमा खाेलेकाे खाता सिडिएसकाे संजालमा आवद्ध हुन्छ । हामीले शेयर किन्दा त्यही डिम्याट खातामा सेयर जम्मा हुन्छ । यसैगरी बेच्दा  हामीले डिम्याट खाताबाटै इडिआइएस (इलेक्ट्राेनिक डेलिभरी इन्स्टक्सन स्लिप) मार्फत ट्रान्सफर अर्डर गर्न सकिन्छ ।

तपाइँले सिडिएसकाे प्लेटफर्ममा डिपीमार्फतत खाता खाेलेपछि हामीलाई अनलाईन लगइन गर्न मेराे सेयरकाे युजरनेम र पासवर्ड उपलब्ध हुन्छ । उक्त प्लेटफर्ममा युजरनेम र पासवर्ड युज गरेर प्रवेश गरेपछि यसकाे ड्यासबाेर्डमा प्रवेश गर्न सकिन्छ । यहाँ तपाइँले आफ्नाे खातामा रहेकाे सेयरकाे विवरण, तपाइँकाे पाेर्टफाेलियाे, आज तपाइँकाे सेयरकाे मूल्य कति बढढ्याे, कति घट्याे भन्ने जानकारी पाउन सकिन्छ । त्यसै गरी बजारमा कुन कम्पनीकाे आइपिआे खुलेकाे छ, कुन कम्पनीकाे हकप्रद खुलेकाे छ भन्ने जानकारी पनि एकै ठाउँ पाउन सकिन्छ । 

यही ड्यासबाेर्डमा रहेकाे माइ आस्वामार्फत तपाइँले बजारमा खुलेकाे आइपिओ र हकप्रद सेयरमा आवेदन पनि अनलाईनबाटै गर्न सक्नुहुन्छ । अनलाईनबाट आवेदन गर्न तपाइँले डिम्याट खाता खाेलेपछि तपाइँकाे बैंक खातालाई भने डिम्याटसँग जाेड्नु पर्छ । त्यसका लागि तपाइँले डिम्याट खाता खाेलेपछि डिपीले दिने अफरिंग लेटर लिएर तपाइँकाे पैसा राख्ने खाता रहेकाे बैंक तथा वित्तीय संस्थामा जानु पर्छ । त्यहाँ गएर तपाइँले सिआरएन (कस्टमर रिफरेन्स नम्बर) का लागि आवेदन गर्नु पर्छ । तपाइँकाे निवेदनका आधारमा बैंकले सिआरएन नम्बर उपलब्ध गराउँछ । उक्त नम्बर तपाइँले सुरक्षित राख्नु पर्छ । त्यस नम्बरलाई तपाइँले अनलाईनबाट सेयर किन्न आवेदन गर्दा वा अफलाईनबाट आवेदन गर्दा पनि भर्नु पर्छ । सिआरएन नम्बर राखेपछि तपाइँकाे बैंक खातासँग डिम्याट खाता लिंक हुन्छ । त्यसपछि तपाइँले आवेदन गरेअनुसारकाे रकम तपाइँकाे बैंक खातामा लक भएर बस्छ । 

लक भएकाे रकम सेयर बाँडफाँड नभएसम्म तपाइँले झिक्न सक्नुहुन्न । सेयर बाँडफाँड भएपछि बैंकले सेयर परे बराबरकाे रकम काटेर सेयर निस्कासन गर्ने सम्बन्धित कम्पनीलाई पठाइदिन्छ । सेयर नपरेकाे रकम बैंकले खातामै रिलिज गरिदिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको