Like us!
Follow us!
Connect us!
Watch us!

किन उचालिएर किन्दैछन् लगानीकर्ताले पूनर्बीमा कम्पनीकाे सेयर ? कस्ताे छ वित्तीय अबस्था ?

अर्थ संसार

आइतबार, २१ मंसिर २०७७, ०८ : ११ मा प्रकाशित

किन उचालिएर किन्दैछन् लगानीकर्ताले पूनर्बीमा कम्पनीकाे सेयर ? कस्ताे छ वित्तीय अबस्था ?

अर्थ संसार, काठमाडौं -केही दिन यता नेपाल पूनर्वीमा कम्पनीकाे सेयर निरंतर उकालाे लागेकाे छ । सेयर निस्कासन गरेकाे एक बर्ष नपुग्दै कम्पनीकाे आइपिओमा लगानी गर्नेहरूले आफ्नाे सम्पत्ती झण्डै १८ गुणाले बढाएका छन् ।

नेपाल स्टक एक्स्चेन्जमा सूचिकृत भएपछि सेयर किन्नेहरूकाे लगानी समेत ६ गुणाभन्दा बढीले बढेकाे छ । पछिल्लाे तथ्यांक हेर्नेहाे भने ठीक एक महिनाअघि कात्तिक २० गते ८५८ रूपैयाँ प्रतिकित्तामा पूनर्वीमा कम्पनीकाे सेयर किन्नेहरूले आफ्नाे लगानी दाेब्बरले बढाएकका छन् । साताकाे अन्तिम दिन उक्त कम्पनीकाे सेयर काराेबार प्रतिकित्ता १७३५ रूपैयाँमा भएकाे थियाे ।

पूनर्वीमा कम्पनीकाे सेयर गत जेठ २६ गते नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएकाे थियाे । बजारमा काराेबार भने जेठ २८ देखि सुरू भएकाे थियाे । नेप्सेले उक्त दिन कम्पनीकाे पहिलो कारोबार मूल्य न्यूनतम १४१ रुपैयाँ ४५ पैसा र अधिकतम ४२४ रुपैयाँ ३५ पैसा (ओपन रेन्ज) ताेकिदिएकाे थियाे ।  नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत छ । 

पुनर्बीमा कम्पनीको सेयरले एक महिनायता काराेबारमा नयाँ रेकर्ड कायम गर्दै अगाडि बढेककाे छ । कम्पनीको बजार पुँजिकरण १ खर्ब ७३ अर्ब ५० करोड पुगेको छ । बजार पूँजीकरणका हिसावले नेपाल पूनर्वीमा कम्पनी मुलुककै दाेस्राे ठूलाे कम्पनी बनेकाे छ । पहिलाे नम्बरमा नेपाल टेलिकम छ । उसकाे बजार पूँजीकरण १ खर्व ९२ अर्व ७५ कराेड छ । 

ब्रोकर कमिसन तत्काल घटनु पर्यो | कस्तो कम्पनीमा लगानी गर्ने? Chhote Lal Rauniyar | Arthasansar Talk

नेपाल पूनर्वीमा कम्पनी स्थापना भएकाे ७ बर्ष पूरा भएकाे छ यसबीचमा कम्पन गत आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्नेको सूचिमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । नेपाल पुनर्बीमा कम्पनी ठूला बीमा व्यवसाय मध्येबाट सबैभन्दा धेरै कर तिर्नेको सूचिमा परेको छ । उसले ६० कराेड २४ लाख ३२ हजार रूपैयाँ कर तिरेकाे थियाे । 

नेप्सेमा सूचिकृत भएपछि दैनिक काराेबार हेर्दा पनि नेपाल पूनर्वीमा कम्पनीकाे काराेबार उच्च छ । कारोबार सुरु भएयता दैनिक नयाँ नयाँ रेकर्ड कायम भएका छन् । राख्दै अघि बढ्ने गरेको छ । असार १५ यता नेप्सेमा सबैभन्दा धेरै पटक उच्च कारोबार नेपाल पुनर्बीमा कम्पनीकै भएको छ । गत साता नेपाल पूनर्वीमा कम्पनीकाे एकै दिन सबैभन्दा उच्च काराेबार भएर रेकर्ड कायम भएकाे छ । नेप्सेकाे इतिहासमा एकै दिन पूनर्वीमा कम्पनीकाे १ अर्व ११ कराेडकाे काराेबार भएकाे थियाे । पूनर्वीमा कम्पनीकाे नेप्सेमा कैयौं दिनसम्म सकारात्मक सर्किट लागेकाे थियाे । 

नेपाल पुनर्बीमा कम्पनीको शेयर अब धेरै बढ्दैन भनेर ५ सय देखि ७ सय रूपैयाँसम्म भूल्य हुँदा बेच्नेहरू यतिखेर पछुताेमा छन् । कम्पनीकाे आइपिओ किन्दा सुरूमा ५० कित्ता पाउनेहरूले गरेकाे ५ हजार रूपैयाँ लगानी यतिखेर ८६ हजार ७ सय ५० रूपैयाँ पुगेकाे छ । 

कस्ताे छ वित्तीय अबस्था ?

कम्पनीले गत आर्थिक वर्ष २०७६।०७७ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्म्पनीकाे प्रतिशेयर आम्दानी वार्षिक १२.३७ पैसा, प्रतिशेयर नेटवर्थ १५०.९२ पैसा र मूल्य आम्दानी अनुपात ४०.७४ गुणा छ । कम्पनीले  गत आवमा १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकाे छ । कम्पनीले निर्जीवन बीमा व्यवसाय १ अर्ब ६ करोड ५४ लाख र जीवन बीमा व्यवसाय १७ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

आर्थिक वर्ष २०७५।०७६ मा जम्मा ८७ करोड २० लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा ४१.८८ प्रतिशतले बृद्धि गरेकाे थियाे  ।  कम्पनीले गत आर्थिक वर्ष २ अर्ब ७७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियाे । अझै १ अर्ब ५८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । 

पुनर्बीमा कम्पनीकाे गत आर्थिक वर्ष २०७६।०७७ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बीमा कोषमा एक अर्ब ४७ करोड ५० हजार ९१ हजार रुपैयाँ र जगेडा कोषमा तीन अर्ब तीन करोड ७७ लाख रुपैयाँसहित कूल पाँच अर्ब पाँच करोड २८ लाख ३१ हजार रुपैयाँ संचिती गरेकाे छ । असार मसान्तसम्ममा कम्पनीको निर्जिवन र जीवन बीमा व्यवसायबाट ६ अर्ब ६३ करोड २४ लाख २९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीकाे यस्तो आम्दानी ६ अर्ब ३१ करोड ८० लाख ४९ हजार रुपैयाँ थियो ।

कम्पनीले पुनर्बीमा कमिशन बापत भुक्तानी गर्नुपर्ने रकम घटेको देखिएकाे छ । कम्पनीले गत आर्थिक बर्ष २ अर्ब ३ करोड २० लाख चार हजार रुपैयाँ विदेश पठाएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनी त्याेभन्दा साँढे २ कराेड बढी २अर्ब ५ करोड ८६ लाख ९२ हजार रुपैयाँ पुनर्बीमा कमिशन बापत विदेश पठाएको थियाे  ।

कम्पनीले यस बर्ष काेराेनाबीमाकाे दावी भुक्तानीका लागि १ अर्व रूपैयाँ बराबरकाे जाेखिम बहन गर्नु पर्ने छ । बीमा समितिले जारी गरेको कोरोना बीमा मापदण्ड २०७७ अनुसार पुनर्बीमा कम्पनीको कोषमा संचिती रहेको रकमबाट दावी भुक्तानी तिर्न सक्षम देखिए पनि उक्त दावी भुक्तानी ठूलाे हाे । त्यस्तो दावी भुक्तानी गर्दा कम्पनीको मुनाफामा असर पर्ने छ । 

कम्पनीले कहाँ गरेकाे छ लगानी ? 

पुनर्बीमा कम्पनीले १५ अर्ब ४६ करोड ८६ लाख रुपैयाँ बैंक तथा विभिन्न क्षेत्रमा लगानी गरेको छ ।
उसले सरकारको वचतपत्र तथा ऋणपत्र, नेपाल पुर्वधार बैंकको मुद्दतीमा, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा, म्युचअल फण्डमा र नागरिक स्टक डिलरमा संस्थापक शेयरमा लगानी गरेको छ ।

पुनर्बीमा कम्पनीले विभिन्न बाणिज्य बैंकमा मुद्दति खाता खाेलेर ११ अर्ब ६७ करोड रुपैयाँ राखेकाे छ ।  कम्पनीले क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा १ अर्ब २९ करोड ६४ लाख रुपैयाँ, नेपाल पुर्वधार विकास बैंकको शेयरमा ४९ करोड ४२ लाख रुपैयाँ, सरकारको बचतपत्र तथा ऋणपत्रमा ३० करोड रुपैयाँ, नागरिक स्टक डिलरमा २५ करोड रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा २० करोड ४१ लाख रुपैयाँ लगानी गरेकाे वित्तीय विवरणमा उल्लेख छ ।

त्यस्तै म्युचअल फण्ड र नागरिक लगानी कोषमा २० करोड रुपैयाँ, केयर रेटिङको शेयरमा २५ लाख रुपैयाँ, बीमा प्रवद्र्धन कोषमा बीउ पूँजीमा १० लाख रुपैयाँ लगानी गरेको कम्पनीले  जाएकाे छ ।नेपालमा पुनर्बीमा गर्ने एकमात्र कम्पनीले अहिलेसम्म लगानीकर्तालाइ कुनै प्रतिफल दिएकाे छैन । 

कम्पनीले  हकप्रद निस्कासन गर्ने हल्ला चलाएर यसकाे सेयर मूल्य बढाइएकाे छ । सामाजिक संजालमाफर्त लगानीकर्तालाइ भ्रम छरेर पूनर्वीमा कम्पनीकाे सेयरमा कर्नरिंग भइरहेकाे सजिलै अनुमान गर्न सकिन्छ ।कम्पनीले पूँजि बृद्धि गर्ने निर्णय गरेकाे छैन । पूँजी बृद्धिकाे निर्णय नभइ कम्पनीले हकप्रद शेयर जारी गर्ने कुरा भएन ।

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरधनीमा नेपाल सरकार तथा सरकार सम्बद्ध कम्पनीहरु र नेपालकै बीमा कम्पनीहरु छन् । त्यसैले उक्त कम्पनीकाे पूँजी बृद्धिकाे निर्णय अर्थ मन्त्रालयले गर्नु पर्छ । अर्थ मन्त्रालय स्राेतले नेपाल पूनर्वीमा कम्पनीकाे पूँजी बृद्धि गर्ने कुनै याेजना नरहेकाे बताएकाे छ । यसले गर्दा लगानीकर्ताले पूनर्वीमा कम्पनीकाे सेयर उचालिएर किन्नु अघि धेरै पटक साेच्नु पर्ने अबस्था छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको