Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको सेयरः लगानीकर्ता, ब्रोकर र सरकार सबै मालामाल

कृष्ण भट्टराई

सोमबार, १० फागुन २०७७, २० : ४२ मा प्रकाशित

निफ्राको सेयरः लगानीकर्ता, ब्रोकर र सरकार सबै मालामाल

नेपालको सेयर बजार केही महिनायता निफ्रामय भएको छ । नेपालको इतिहासमै सबैभन्दा बढी संख्यामा प्राथमिक सेयर निस्कासन गरेको निफ्रामा आवेदन पनि ऐतिहासिक धेरै संख्यामा पर्यो । कम्पनीले ठुलो संख्यामा आइपिओको माग भएसँगै नेपाली बजारमा निफ्राको चर्चा चुलिएको हो ।

बैंकको आइपीओमा १५ लाख २९ हजार ४ सय ६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बरारबको १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएको ७ करोड ५८ लाख ४० हजार भन्दा २.४९ गुणा बढी आवेदन हो । नेपालमा १५ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिएको यो नै पहिलो पटक थियो । उक्त आइपीओमा १४ लाख ७५ हजार ८० वटा योग्य आवेदन रहेका थिए भने ६ हजार २ सय ७६ जनाको आवेदन रद्द भएको हो ।

बैंकको उक्त आइपीओमा १० कित्ताका दरले आवेदन दिने ३४ हजार ३० आवेदकले ३ लाख ४० हजार ३ सय कित्ता, २० कित्ताका दरले दिने २९ हजार ८ सय ५४ आवेदकले ५ लाख ९७ हजार ८० कित्ता, ३० कित्ताका दरले दिने २० हजार २ सय ४८ आवेदकले ६ लाख ७ हजार ४ सय ४० कित्ता, ४० कित्ताका दरले दिने १६ हजार ९ सय ३४ आवेदकले ६ लाख ७७ हजार ३ सय ६० कित्ता र ५० कित्ताका दरले दिने १ लाख ७९ हजार ९ सय ३८ आवेदकले ८९ लाख ९६ हजार ९ सय कित्ता शेयर , यसैगरी ५० कित्ताभन्दा माथि आवेदन दिने ११ लाख ९४ हजार ४ आवेदकले पनि ५० कित्ता नै शेयर हात पारेका थिए । गोलाप्रथाद्धारा ५० कित्ताभन्दा माथि आवेदन दिने ४ लाख ९२ हजार ७२ जनाले थप १० कित्ता गरी ६० कित्ता शेयर प्राप्त गरेका हुन् ।

बैंकको सेयरको दोस्रोबजार कारोबार अघिल्लो आइतबार (फाल्गुन २ गते) बाट प्रारम्भ भएको थियो । नेप्सेले बैंकको पहिलो कारोबारका लागि ओपन रेन्ज न्यूनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसासम्मको तोकेको थियो । आइतबारको स्पेशल प्रि ओपनिङ्ग सेसनमा बैंकको कारोबार प्रतिकित्ता ३४० रुपैयाँमा भएको थियो । बैंकको १० कित्ता सेयर प्रतिकित्ता ३४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

फाल्गुन २ गतेबाट कारोबार प्रारम्भ भएको बैंकको सेयर मूल्य दिनँहु १० प्रतिशतको हाराहारीमा बृद्धि भएर सर्किट लाग्दै आएको छ । कम्पनीको सेयर मूल्य दिनहुँ बृद्धि हुँदै गर्दा लगानीकर्ताहरु त मालामाल भए नै त्यससँगै स्टक ब्रोकर र नेपाल सरकार पनि मालामाल भएका छन् ।

बैंकको आइपिओमा न्युनतम ५० कित्तासम्म आवेदन दिने सबै आवेदकहरुले ५० कित्ता नै आईपिओ हात पारेका थिए । ५० कित्ता सेयर प्राप्त गर्ने सेयधनीहरुले आजको मूल्यमा सेयर बिक्री गर्दा लगानीकर्ता सरकार र स्टक ब्रोकर कसले कति कमाउँछन् त्यस बारेमा चर्चा गरौं ।

१.स्टक ब्रोकरः बैंकको आज सोमबारको प्रिसेसन कारोबारमा बैकको सेयर मूल्य ६० रुपैयाँले बृद्धि भएर ६६० रुपैयाँ पुगेको छ । आजको मूल्यअनुसार ५० कित्ता सेयरको मूल्य ३३ हजार रुपैयाँ हुन जान्छ । सेबोनको नयाँ ब्रोकर कमिसन दरअनुसार लगानीकर्ताहरुले ५० हजार रुपैयाँभन्दा कम रकमको कारोबार गर्दा कारोबार रकमको ०.४० प्रतिशत कमिसन ब्रोकर कम्पनीलाई बुझाउनु पर्ने हुन्छ । यसरी हेर्दा एक जना लगानीकर्ताको ५० कित्ता सेयर आजको मूल्यमा कारोबार गर्दा स्टक ब्रोकरले १३२ रुपैयाँ ब्रोकर कमिसन बापत कमाउँछ । भने २५ रुपैयाँ डिपी शुल्क बापत ब्रोकहरुले लिने गर्नछन् । यसरी हेर्दा आज एक लगानीकर्ताले निफ्राको ५० कित्ता सेयर बिक्रि गर्दा ब्रोकरले १५७ रुपैयाँ आम्दानी गर्दछ ।

२.नेपाल सरकारः निफ्रको सेयर कारोबारबाट नेपाल सरकारलाई पनि ठूलो रकम आम्दानी भएको छ । कम्पनीको सेयर बिक्री गर्दा आएको आम्दानीबाट लगानीकर्ताहरुले ५ प्रतिशत आयकर तिर्नुपर्ने कानुनी व्यवस्था छ । आजको सेयरमूल्यमा सेयर बिक्री गर्दा लगानीकर्ताले ५० कित्ताबाट २८ हजार मुनाफा कमाउँदा १ हजार ४ सय रुपैयाँ आयकरबापत सरकारको खातामा जम्मा हुन जान्छ । यसरी हेर्दा ५० कित्ता आइपिओ पाउने एक व्यत्तिmले आज सेयर बिक्रि गर्दा १ हजार ४ सय रुपैयाँ आयकर बापत तिर्नुपर्नै हुन्छ ।

३.लगानीकर्ताः निफ्रामा गरेको लगानीबाट लगानीकर्ताहरु एक महिनामै मालामाल भएका छन् । आजको सेयर मूल्यअनुसार ५० कित्ता सेयर हुने लगानीकर्ताले गरेको ५ हजार रुपैयाँ लगानीबाट यो करिब १ महिनाको अवधिमा ब्रोकर कमिसन १५७ रुपैयाँ र सरकारलाई तिर्नुपर्ने १ हजार ४ सय आयकर समेत घटाउदाँ २६ हजार ४ सय ४३ रुपैयाँ मुनाफा हासिल गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको