कोरोना महामारीका कारण काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न प्रमूख शहरहरुमा जारी निषेधाज्ञाका कारण सुन आयात प्रभावित हुने भएको छ । सरकारले निषेधाज्ञा जारी गरेको हुनाले निषेधाज्ञा जारी रहेका स्थानमा सुनको कारोबार हुँदैन ।
यस्तो अवस्थामा बैंकहरुले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएका छन् । 
नेपाल सनुचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । यद्यपी केही जिल्लामा कारोबार सुचारु रहेकोले महासंघले सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले बताए ।
उनले अधिकांस स्थानको व्यवसाय नै बन्द रहेको र ग्राहक पनि पसलसम्म जानसक्ने अवस्था नरहेकोले अहिले धेरै जसो ठाउँमा बन्द छ । मोफसलका केही जिल्ला र शहरहरु मात्र खुलेको हुनाले दैनिक २० किलो सुन ल्याउन आवश्यक नदेखिएको उनले बताए । अहिले रोकिएको सुनको आयातलाई ब्यवसाय सुचारु भएपछि निरन्तरता दिँदा अहिले रोकिएको समेत गरी थप सुन ब्यवसायीकै हातमा पर्न जान्छ ।अहिले पनि पहिला जसरी दैनिक २० केजीका दरले नै सुन वितरण गर्दा सिमित ब्यक्तिको हातमा त्यो सुन पर्ने तर वास्तविक ब्यवसायी र उपभोक्ताले त्यो नपाउने अवस्था आउन सक्ने आशंका व्यवसायीहरुको छ ।  
महासंघका प्रवक्ता मनोजकुमार शाहले कारोबार सुचारु रहेका जिल्लाहरुका लागि स्थानियस्तरमा नै सुनको विक्री वितरणको ब्यवस्था मिलाउन बैंकर्ष एशोसिएशनसँग आग्रह गरिएको बताए । यसका लागि ब्यवसायी र बैंकर्स एशोसिएसनवीच आवश्यक परामर्श भैरहेको उनको भनाई छ । कारोबार सुचारु रहेका स्थानमा बिशेष स्वास्थ्य सुरक्षा अपनाएर कारोबार गर्न समेत उनले व्यवासयीहरुलाई आग्रह गरे ।
विगतमा पनि बन्दको वेला सुन आयात गरिँदा त्यो सुन वास्तविक ब्यवसायी र ग्राहकले उपभोग गर्न नपाएको आशंका गरिएको थियो । गत बर्षको बन्दमा भण्डै ५०० किलो सुन बैंकमा थुप्रिए पनि बन्द खुलेको केही दिनमा नै उक्त सुन सकिएको थियो । तर त्यो सुन कहाँ गयो भन्ने तथ्याङ महासंघसँंग छैन । यसर्थ फेरी पनि त्यसरी सुन गायव नहोस् भन्नेतर्फ महासंघ सचेत बनेको छ । सामान्यतया बैंकहरुवाट आयात हुने सुन १५ दिनपछि ब्यवसायीको सिफरिस विना नै बैंकहरुले विक्री गर्ने गरेको र त्यसको तथ्याङ्क माग गर्दा नपाएको गुनासो महासंघको छ । यसरी विक्री गरिँदा त्यस्तो सुन सिमित ब्यक्तिको मात्र हातमा पर्न सक्ने हुनाले यसतर्फ सचेत हुनुपर्ने आवश्यकता रहेको महासंघले जनाएको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस