Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : २८.१८ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकममा पनि व्यापक उछाल

नेप्से

शनिबार, १५ जेठ २०७८, १३ : ०९ मा प्रकाशित

साताको सेयर बजार : २८.१८ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकममा पनि व्यापक उछाल

यस साता सोमबार सेयर बजार २८ सय २३ दशमलव ०६ विन्दुमा पुगी नयाँ रेकर्ड बनाएको थियो भने बिहीबार हालसम्मकै उच्च अर्थात् १४ अर्ब ७६ करोडको कारोबार भएर कारोबार रकमले पनि रेकर्ड ब्रेक गरेको थियो । यस साता बुधबार बुद्ध जयन्ती परेको हुनाले ४ दिन मात्र बजार खुलेको थियो । ४ दिन खुलेको बजारमा २ दिन बजार बढेको थियो भने २ दिन घटेको थियो ।

यस साता नेप्से परिसूचक २८ दशमलव १८ अंकले बढेर २८ सय १५ दशमलव ३९ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक एक सय २ दशमलव ८८ अंकले बढेर २७ सय ८७ दशमलव १८ विन्दुमा रोकिएको थियो ।

यस साता सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ७५ अंकले बढेर ५ सय ३ दशमलव ७० विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक १९ दशमलव ४८ अंकले बढेर ४ सय ९८ दशमलव ९७ विन्दुमा रोकिएको थियो ।

कारोबार रकमको कुरा गर्नुपर्दा दैनिक कारोबार रकममा व्यापक उछाल छाएको छ । यस साता हरेक दिन ११ अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । यस साता थोरैमा ११ अर्ब १३ करोड र धेरैमा १४ अर्ब ७६ करोडको कारोबार भएको हो । गत साता औषतमा १० अर्ब ४८ करोडको कारोबार भएकोमा यो साता औषतमा १२ अर्ब ६९ करोडको कारोबार भएको छ ।

बजार पुँजीकरणको कुरा गर्नुपर्दा एक साताभरमा लगानीकर्ताको सम्पत्ती ३९ अर्बले बढेको छ । गत साता ३८ खर्ब ६७ अर्ब रहेको बजार पुँजीकरण यो साता ३९ अर्बले बढेर ३९ खर्ब ६ अर्ब पुगेको छ ।

सूचीकृत उपसमूहमध्ये यस साता जलविद्युत समूहको सेयर सबैभन्दा धेरै बढेको छ भने माइक्रोफाइनान्स समूहको सेयर सबैभन्दा धेरै घटेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर खरीद बिक्रीमा कडाई गरेपछि त्यसको प्रभावले गर्दा लघुवित्त कम्पनीहरूको सेयरमूल्य घटेको हो । यता अब विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद सेयर निष्कासन गर्न पाउने भनिएको हुनाले हाइड्रोपावर कम्पनीहरूको सेयरमूल्यमा उछाल आएको हो ।

यस साताको सेयर बजारलाई समग्रमा नियाल्दा आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ८१ अंकले बढेको थियो । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ३ दशमलव ०७ अंकले बढेको थियो । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ५० अंकले घटेको थियो । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १ दशमलव २० अंकले घटेर २८ सय १५ दशमलव ३९ विन्दुमा पुगी यस सातालाई बिदा गरेको छ ।

यस साता हाइड्रोपावर समूहमा उछाल आएपछि धेरै कमाउनेको सूचीमा पनि हाइड्रोपावरकै लगानीकर्ताहरू छन् । यस साता सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा माउन्टेन हाइड्रो नेपाल लिमिटेडका लगानीकर्ता अग्र स्थानमा छन् । त्यसपश्चात् सबैभन्दा धेरै नाफा कमाउने दोश्रो र तेश्रोमा क्रमश बरुण हाइड्रोपावर र युनाइटेड इदी मार्दी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् ।

त्यसैगरी, यस साता सबैभन्दा धेरै गुमाउनेको सूचीमा लघुवित्तका लगानीकर्ताहरू रहेका छन् । यस साता समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश सामुदायिक लघुवित्त र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ता रहेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको