Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको चार्टमा सिमेट्रिकल ट्र्याङ्गल प्याटर्न ब्रेकआउट, भ्यालिड भए कता जाला बजार ?

बसन्त पाण्डे

बुधबार, २६ माघ २०७८, १६ : ०५ मा प्रकाशित

नेप्सेको चार्टमा सिमेट्रिकल ट्र्याङ्गल प्याटर्न ब्रेकआउट, भ्यालिड भए कता जाला बजार ?

नेप्से २९८३ को बिन्दुबाट खसेर २८८० को बिन्दुसम्म पुगेर बढ्दै २९६५ को बिन्दुसम्म पुग्यो।  २९६५ को बिन्दुबाट खसेर २७६० को बिन्दुसम्म आइपुगेर त्यहाँबाट उकालो लाग्न थालेको बजार २९२५ भन्दा माथि जान सकेन।  २९२५ को बिन्दुबाट खस्न थालेको नेप्से २८१९ को बिन्दुसम्म झर्दै त्यहाँबाट बढ्ने क्रममा २९२० को बिन्दुसम्म पुग्यो।  २९२० बिन्दुबाट झरेको नेप्से आज २८१३ को बिन्दुमा क्लोज भएको छ। 

२९८३ बाट नेप्से झर्दै/बढ्दै गर्दा त्यो उतार चढावमा एउटा विशेष प्याटर्नमा नेप्सेको यात्रा चलिरहेको थियो। आज बजार २८३० बाट तलतिर झर्दै गर्दा सो प्याटर्न ब्रेक भएको छ।  प्राविधिक विश्लेषणको भाषामा सो प्याटर्नलाइ सिमेट्रिकल ट्र्याङ्गल प्याटर्न भनिन्छ। सिमेट्रिकल ट्र्याङ्गलको ब्रेक डाउन भैसकेपछि बजार घटेर तलतिर नै जाने गर्दछ।  यसअघिको र्यालीमा पनि बजार २४८० को बिन्दुबाट बढ्दै २८७८ को बिन्दुसम्म पुगेर त्यहाँबाट खस्दै २६६० को बिन्दुसम्म झरेर फेरी माथि जाने क्रममा २८२५ को एरियातिर रेसिस्टेन्स लियो र फेरी घट्न थाल्यो। त्यो बेलामा पनि नेप्सेमा सिमेट्रिकल ट्र्याङ्गल प्याटर्न बनेको थियो र बजार २७५० भन्दा तल झर्दै गर्दा सो सिमेट्रिकल ट्र्याङ्गल प्याटर्न ब्रेक डाउन भएको थियो।  त्यसपछि बजार लगातार खस्दै २२६० को बिन्दुसम्म झर्यो।  

अब कता जाला बजार ?

स्थानीय तहको निर्वाचनको घोषणा संगै सुरुवाती चरणमा  उच्च अंकले बढेको हिजोको बजार अन्त्यमा रातो भएर क्लोज भएसंगै निर्वाचनको घोषणा पछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ताहरुमा निराशा छाएको छ। आज पनि बजार करिब २२ अंकले घट्दै बन्द भएको छ।  तर बजार घट्दा जम्मा ३ अर्ब ४७ करोडको मात्रै कारोबार भएको छ, जुन एभरेजभन्दा निकै कम हो।  बजारले महत्वपूर्ण सपोर्ट लाइन लाई ब्रेक गरेतापनि भोलुमको सपोर्ट नरहेकाले यो ब्रेकआउट इन्भ्यालिड हुन सक्ने सम्भावना पनि त्यत्तिकै छ। 

एउटा महत्वपूर्ण सपोर्ट लाइनलाई ब्रेक गरिसकेपछि बजारले फेरी त्यो सपोर्ट लाइनलाई रिटेस्ट गर्न जान सक्ने सम्भावना रहन्छ।  आगामी दिनमा यदि बजार २८४० को बिन्दुभन्दा माथि नै क्लोज हुन्छ भने यो ब्रेकआउट इन्भ्यालिड हुनेछ र बजारको माथितिरको यात्रा तय हुनेछ भने यदि माथि जाँदा २८४० भन्दा माथि क्लोजिङ्ग दिन सकेन र २८४० भन्दा तल्लो बिन्दुमा क्यान्डलहरु बन्न थाल्यो भने बजारको ओरालो यात्राको निरन्तरता रहने सम्भावना बढेर जानेछ।  

समिक्षा :चुनाव घोषणापछि सेयरबजार किन घट्यो ? अबको सेयरबजार कता ? Dr.Bimal Tiwari | Share Tech Funda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको