Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ट्रेन्ड रिभर्सल, रेसिस्टेन्सको एरिया कुन-कुन  ? (प्राविधिक विश्लेषण)

बसन्त पाण्डे

मंगलबार, ०३ फागुन २०७८, १७ : ०६ मा प्रकाशित

नेप्सेमा ट्रेन्ड रिभर्सल, रेसिस्टेन्सको एरिया कुन-कुन  ? (प्राविधिक विश्लेषण)

साताको तेस्रो दिन आज मंगलबार नेप्से ५३ अङ्क भन्दा धेरैले बढ्यो। हिजो इन्भर्टेड ह्यामर क्यान्डल बनिसकेपछि आज बुलिश क्यान्डल बन्नुले ट्रेन्ड रिभर्सलको संकेत गर्दछ।  केहि दिनदेखि लगातार घट्दै डाउन ट्रेन्डमा रहेको नेप्सेमा यस्तो किसिमको क्याण्डल्स्टिक प्याटर्न बन्नुले बजार बढेर जाने सम्भावना व्यक्त गर्दछ।  

इण्डिकेटरहरुले के देखाइरहेका छन ?

RSI
नेप्सेको डेली चार्टमा RSI ४६.६८ को लेभलमा पुगेको छ।  करिब ४० को लेभलबाट बढ्न थालेको RSI ५० माथि जाँदै गर्दा बजार सकारात्मक हुँदै गएको भन्ने संकेत प्राप्त हुन्छ भने RSI ६० माथि गैसकेपछि मात्रै बजार ट्रेडिङ्ग जोनमा प्रवेश गरेको मानिन्छ।

DMI
DMI इन्डिकेटरमा आज एउटा विशेष कुरा देखिएको छ। बजार घट्दै गर्दा +DI लाइनले -DI लाइनलाई माथिबाट तलतिर काटेको थियो तर आज +DI लाइनले -DI लाइनलाई तलबाट काट्दै माथितिर जानुलाई बुलिशनेसको संकेतको रुपमा लिने गरिन्छ। ADX लाइन २३ को लेभलमा रहँदै गर्दा यदि आगामी दिनमा +DI लाइन माथितिरै जाने र ADX को लेभल पनि बढ्दै जाने हो भने बजार बढेर नै जाने देखिन्छ।

बुलिंगर ब्याण्ड 
नेप्से बुलिंगर ब्याण्डको लोवर ब्याण्डमा आएर माथितिर जान थालेको देखिन्छ।  यसरी बजार बुलिंगर ब्याण्डको लोवर ब्याण्डमा आएर बजार माथितिर जानुले बजार माथितिर नै जाने संकेत गर्दछ।  बजारले बुलिंगर ब्याण्डको मिडल ब्याण्डलाइ रेसिस्टेन्स लिन सक्ने सम्भावना देखिन्छ भने यदि बुलिंगर ब्याण्डको मिडल ब्याण्डभन्दा पनि माथि गएको खण्डमा बजारले बुलिंगर ब्याण्डको अपर ब्याण्डसम्मको यात्रा समाउन सक्ने सम्भावना रहन्छ।  

लगानीकर्ताहरुले ध्यान दिनुपर्ने विन्दुहरू कुन कुन ?
यसअघि बजारले ग्याप डाउन ओपनिङ्ग गरेको एरिया जुन २७८० देखि २८०० सम्मको एरिया हो, त्यो एउटा रेसिस्टेन्सको एरिया हुनेछ भने २८०० माथि बजार जान सकेको अवस्थामा २८८० देखि २८९० को एरिया बलियो रेसिस्टेन्सको रुपमा रहनेछ किनकि २८८० देखि २८९० को एरिया भनेको प्यारेलल च्यानलको अपर लाइनको एरिया हो। हिजो र आजको चार्टले बजार बढेर नै जाने देखिएको छ तर माथि उल्लेखित रेसिस्टेन्सको एरियाहरुमा चाहिँ लगानीकर्ताहरु सजग हुनुपर्ने देखिन्छ।   

एमसीसी पारित हुने हल्लाले उचालियो हाइड्रो + पेट्राेलियम पदार्थकाे मूल्य अझै बढ्ने + दौडियो सुनको भाउ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको