Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्याेरेन्सले चैत्र १ गतेदेखि हकप्रद खुल्ला गर्ने, कति गर्ने लगानी ?

अर्थ संसार

शुक्रबार, १३ फागुन २०७८, १० : ५६ मा प्रकाशित

शिखर इन्स्याेरेन्सले चैत्र १ गतेदेखि हकप्रद खुल्ला गर्ने, कति गर्ने लगानी ?

शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडले चैत्र १ गते, मंगलबारबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १०:३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे ।

३० प्रतिशत हकप्रद निष्कासन गर्न लागेकाे शिखर इन्स्योरेन्सकाे कस्ताे छ वित्तीय अवस्था ?

क-कसले दिन पाउछन् आवेदन ?

कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते एक दिन बुकक्लोज गरेकाे थियाे । त्यसैले, माघ २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

कम्पनीको हकप्रदमा चैत्र २१ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

शिखर इन्स्योरेन्सले तोक्यो बुकक्लोज मिति, कहिलेसम्म कायम सेयरधनीले पाउनेछन् हकप्रद ?

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, शिखर इन्स्याेरेन्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेराे सेयरबाट पनि हकप्रद भर्न सकिन्छ । 

रेटिङ कति ?

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ ।

लगानीकर्ताहरुको पर्खाइमा शिखर इन्स्योरेन्सको लाभांश, कस्तो छ ईतिहास र लाभांश वितरण क्षमता ?

कम्पनीले प्रकाशन गरेको सूचना यस्तो छः

621868d55e64a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको