Like us!
Follow us!
Connect us!
Watch us!

कुन बिन्दुबाट फर्केला बजार? (प्राविधिक विश्लेषण)

बसन्त पाण्डे

बुधबार, १८ फागुन २०७८, १६ : २० मा प्रकाशित

कुन बिन्दुबाट फर्केला  बजार? (प्राविधिक विश्लेषण)

आज बुधबार नेप्सेमा पहिरो गएको छ। खुलेदेखि नै घट्न थालेको आजको बजार ६३.५४ अंकले घट्दै २५४७.०५ को बिन्दुमा क्लोज भएको छ। हाम्रा अघिल्ला विश्लेषणहरुमा हामीले यदि नेप्सेले  २६४० को बिन्दुलाई रेस्पेक्ट गरेन भने अन्तिम समय नेप्सेमा बनिरहेको प्यारेलल च्यानल ब्रेक हुनेछ र प्यारेलल च्यानल ब्रेक भएर तलतिर क्यान्डल बन्न थाल्यो भने बजारमा शार्प फल आउन सक्नेछ भन्ने कुरा उल्लेख गरेका थियौं। बजार आज २५४७ को बिन्दुमा आइसकेको अवस्थामा अब बजारको यात्रा कस्तो हुनसक्छ भन्ने कुरालाई प्राविधिक दृष्टिकोणबाट विश्लेषण गरेर त्यसको सारांसलाइ यो आलेखमा प्रस्तुत गरेका छौं। 
कुन बिन्दुबाट फर्किन सक्ला बजार ?
फ़िबोनासीको सपोर्ट 
बजार २२६० को बिन्दुबाट २९८३ को बिन्दुसम्म पुग्यो। यी दुइ बिन्दुहरुलाई आधार मानेर विश्वप्रसिद्द फ़िबोनासी रिट्रेश्मेण्ट टुल लगाएर हेर्दा नेप्सेमा करिब करिब ६१.८% को रिट्रेश्मेण्ट आइसकेको छ।  फ़िबोनासी ०.६१८ को लेभल २५३६ को बिन्दुमा रहेको छ। आज बजार २५४७ को बिन्दुमा क्लोजिंग हुँदै गर्दा २५३६ को बिन्दु धेरै टाढा छैन। गोल्डेन रेसियोको रुपमा लिइने फ़िबोनासीको ०.६१८ को लेभललाई निकै महत्वपूर्ण सपोर्ट लेभलका रुपमा लिइन्छ।  त्यसैले अब बजारले २५३६ को बिन्दुलाई सपोर्ट बनाएर माथितिर जान सक्ने सम्भावना रहन्छ। 

पिभोट पोइन्टको सपोर्ट 
नेप्सेको डेली चार्टमा पिभोट प्रयोग गरेर हेर्दा २५०२ को बिन्दुमा सपोर्ट (S1) रहेको देखिन्छ। पिभोट पोइन्ट २७१३ को बिन्दुमा रहेको छ।  पिभोट पोइन्ट भन्दा माथि माथि क्यान्डल बन्यो भने बजार अप ट्रेन्डमा रहेको भन्ने बुझिन्छ भने पिभोट पोइन्ट भन्दा तल तल क्यानडलहरु बन्न थाल्यो भने बजार डाउन ट्रेन्डमा रहेको मानिन्छ।  पिभोटका सपोर्ट बिन्दुहरुले निकै राम्रो काम गर्ने हुँदा नेप्से यदि २५३६ को बिन्दु बाट पनि तलतिर खस्यो भने २५०२ को बिन्दुलाई सपोर्ट बनाएर माथितिर जाने सम्भावना उच्च देखिन्छ। 

घट्नु र बढ्नु सेयर बजारको प्राकृतिक नियम हो।  बजार बढेपछि घट्छ र घटेपछि बढ्छ। धेरैजसो लगानीकर्ताहरुलाई  बजार बढ्दै गर्दा अब बढेको बढेकै हुन्छ जस्तो लाग्छ भने बजार घट्दा अब बजार घटेको घटेकै गर्छ जस्तो लाग्छ। राम्रो नाफा आउँदा सेयर नबेच्नेहरु बजार राताम्मे हुँदा घाटामै भएपनि फाल्न तयार हुन्छन।  आम लगानीकर्ताको यहि अपरिपक्व प्रवित्तिको फाइदा संस्थागत तथा ठूला लगानीकर्ताहरुले उठाइरहेका हुन्छन। सेयर बजारमा कमाउने हो भने बजार बढ्दै गर्दा बेच्ने अवसरहरु खोज्ने र बजार घट्दै गर्दा किन्ने अवसरहरु खोज्नु आवश्यक हुन्छ।  

621f4c7cd24bd.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको