Like us!
Follow us!
Connect us!
Watch us!

किन निरन्तर घटिरहेको छ सेयर बजार ?

कृष्ण भट्टराई

बुधबार, २५ फागुन २०७८, १६ : ३१ मा प्रकाशित

किन निरन्तर घटिरहेको छ सेयर बजार ?

पछिल्लो समय नेपालको पूँजी बजारमा निरन्तर गिरावट आईरहेको छ । ३२ सयको विन्दुबाट घटेरे करिब २२९५ को विन्दुसम्म पुगेको बजार पुनः फर्किएर २९०० माथिको विन्दुसम्म पुगेको थियो । २९०० को विन्दुबाट ओरालो लागेको बजार निरन्तर घटिरहेको छ । 

२९०० को विन्दुबाट ओरालो लागेको बजार केही छिटपुट दिनहरुमा बाहेक घटिरहेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आइरहेको छ । दैनिक २२ अर्बसम्मको सेयर कारोबार भएको नेप्सेमा अहिले दैनिक २-३ अर्बको मात्र कारोबार हुन थालेको छ ।

यसरी किन बजार निरन्तर घटीरहेको छ अबको बजार के होला भनेर हामीले बजारमा लामो समयदेखि लगानी गर्दै आएका अनुभवी लगानीकर्ता एवमं सेयर विश्लेष्कहरुसँग कुराकानी गरेका छौँ :  

अब धेरै घट्ने ठाँउ छैन, बजार छिट्टै फर्कन्छ : छोटेलाल रौनियार, सेयर विश्लेषक 

अहिले बजारमा गिरावट आउनुमा विभिन्न कारणहरु रहेको बताउँछन् सेयर विश्लेषक एबं नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार । अहिले मुख्य गरी आम लगानीकर्ताहरुको मास साइकोलोजी नै विक र नकारात्मक छ । सेबाेन, नेप्से, राष्ट्र बैंक तथा अर्थ मन्त्रालयले नै बजारका लागि सकारात्मक काम गर्नु भन्दा पनि नकारात्मक काम गरिदिँदा अहिले लगानीकर्ताहरुको मास साईकोलोजी कमजोर भएको रौनियारको तर्क छ । 

“बजारमा विभिन्न नकारात्मक कुराहरु छन् जसलाई कतिपय मिडिया र लगानीकर्ताहरुले हाइप गरिदिँदा बजार थप प्यानिक बन्यो, अहिले रुस र युक्रनेकाबीचमा चलेको युद्धले पनि नेपालको बजारलाई केहि नकारात्मक बनाएको हो यति हुँदा हुँदै पनि अहिले बजारमा केहि सकारात्मक संकेतहरु पनि देखिएका छन् २२ अर्बसम्म पुगेको कारोबार रकम अहिले घटेर २ अर्बको हारहारीमा पुगिसकेको छ यसले पनि लगानीकर्ताहरु सस्तोमा सेयर बेच्न तयार छैनन् भन्ने संकेत गर्छ” रौनियारले भने । 

“आयातमा सरकाले लगाएको प्रतिबन्ध र कडाईले पक्कै पनि रेमिट्यान्सलाई वृद्धि गर्नेछ, पहिलेको तुलनामा पछिल्ला दिनहरुमा तरलता पनि केहि बढिरहेको समचार बाहिरिएका छन्, रुस र युक्रेन बिचको वार पनि केहि दिन भित्रै समाधान होला त्यसैगरी वैशाखमा चुनाव घोषणा भइसकेको छ यी सबै कुराहरुले बजारलाई पक्कै पनि सकारात्मक बनाउने छ” उनले भने “मेरो बिचारमा यी विभिन्न कारणहरुले चैत्र बाट नै बजार फर्किन सक्छ अहिले कतिपय लगानीकर्ताहरु पैसा लिएर नै पर्ख र हेरको रणनितीमा बसिरहेका छन् केहि सकारात्मक समाचार आउना साथ बजार लयमा फर्कन्छ र नयाँ उचाई हासिँल गर्ने संभावना म देख्छु यो लगानीकर्ताहरुको लागि लगानीको अवसर पनि हो वारेन बफेटले पनि भनेका छन् 'Buy in red zone so you can enjoy on green zone' त्यसैले मैले त यसलाई खरिदको उत्तम अवसरका रुपमा हेरेको छु ।”

अबको केही समय बजार ‘भोलाटायल’ नै रहने देखिन्छ: मुक्ति अर्याल, वित्त विश्लेषक

नेपालको अर्थतन्त्रमा देखिएको बढ्दो ब्याजदर, तरलता अभाव, पेट्रोलियम पदार्थहरुको मूल्यवृद्धि र देशको अर्थतन्त्रका सूचकहरुमा देखिएको नकरात्मकता जस्ता विभिन्न कारणहरुले अहिले नेपालको सेयर बजारमा गिरावट आएको बताउँछन् वित्त विश्लेषक मुक्ति अर्याल । 

“बजारमा अहिले तत्कालनै ठुलो वृद्धि आउने जस्तो देखिँदैन र बजारमा यति गिरावट आईसकेको अवस्थामा अब धेरै नै घट्ने ठाँउ भए जस्तो पनि देखिँदैन” उनले भने “अबको केही समय बजार ‘भोलाटायल’ नै रहने देखिन्छ विगतको ईतिहासलाई हेर्दा पनि फागुन चैत्रमा बजार यस्तै यस्तै रहने रैछ अब ब्यादर बढेन वा अझै घट्यो, तरलता संकट समाधान भयो र आर्थिक सूचकमा पनि केहि सुधार आयो भने बैशाख जेठबाट भने बजार माथि नै लाग्ला ।” 

बजार बढ्नु र घट्नुको कारणबारे कसैले पनि यकिन अनुमान र भविष्यवाणी गर्न सक्दैन : तिलक कोईराला, लगानीकर्ता

बजार बढ्नु र घट्नुको कारणबारे कसैले पनि यकिन अनुमान र भविश्यवाणी गर्न नसक्ने बताउँछन् सक्रिय लगानीकर्ता तिलक कोईराला । 

“विभिन्न कारणहरुले गर्दा बजारमा माग र आपुर्तिमा असर गर्छ जसका कारण कम्पनीको सेयर मूल्य घट्ने वा बढ्ने हुन जान्छ, विभिन्न कुराहरुले यदि लगानीकर्ताहरुको मनोबल बलियो भयो भने माग बढ्छ जसले गर्दा सेयरको मूल्य पनि बढ्छ त्यसैगरी यदि विभिन्न कुराहरुले लगानीकर्ताहरुको मनोबल कमजोर भयो भने माग घट्छ र आपर्ति बढ्छ” उनले भने “जती आपुर्ति बढ्छ त्यति मूल्य पनि घट्दै जान्छ जसले गर्दा लगानीकर्ताहरुमा अझ मूल्य घट्छ कि मेरो पैसा सकिन्छ कि भन्ने भय र्सिजना हुन्छ र त्यसले अरु आपुर्ति बढाइदिन्छ त्यसको ठिक विपरित जब लगानीकर्ताहरुको मनोबल बलियो भएर ल अब त मूल्य बढ्छ कमाउने बेला यहि हो भन्ने आम मनोविज्ञान र्सिजना हुन्छ त्यसले सेयर बेच्नेहरु पनि पछाडि हट्छन् उनिहरु नै किन्न थाल्छन् र माग अझ बढ्छ जसको कारण सेयर मूल्य वृद्धि हुन्छ यो सेयर बजारको सामान्य सिद्धान्त नै हो ।”

“नेपालको सेयर बजारको अहिलेको अवस्थालाई हेर्ने हो भने तरतलाको अभाव, अन्तराष्ट्रिय युद्धका कारण लगानीकर्ताहरुमा पारेको मनोवैज्ञानीक प्रभाव, अहिले अधिकांश कम्पनीहरुले लाभांश घोषणा र वितरण गरिसकेको अवस्था छ जसका कारण अब फलाना कम्पनीले यति लाभांश दिँदैछ भन्ने अवस्था पनि छैन, ४-५ वर्षदेखि प्यानिक भएर बेच्ने अवसर कहिले आँउला भनेर कुरेकाहरुले राम्रो नाफा आँउदा प्रोफिट बुक गरेर बस्दा पनि बजार केहि प्रभावित भएको हुन सक्छ” उनले भने “नीतिगत रुपमा पनि लगानीकर्ताहरुलाई उत्साहित पार्ने गरी कुनै पनि नीतिहरु आएनन् धितोपत्र बोर्ड, नेप्से जस्ता निकायहरुबाट बजारलाई चलाएमान बनाउनसक्ने मार्जिन ट्रेडिङ, सक्षम ब्रोकर ल्याउने कुरा, प्रतिस्पर्धात्मक ब्रोकर कमिसन कायम गर्ने, इन्ट्राडे ट्रेडिङ, डेरिभेटिभ मार्केट लगायत लगानीका अन्य औजारहरु ल्याउने कुनै पनि पहल भएन जसका कारणले लगानीकर्ताहरुको मनोबल कमजोर बनाएको हुनसक्छ ।” 

हरेक लगानीकर्ताहरुले नेप्सेको सुचक भन्दा पनि लगानी गर्ने कम्पनीको अवस्था, आफ्नो लगानीको क्षमता, जोखिम बहन गर्न सक्ने क्षमता, आफ्नो लगानीको स्वरुप कस्तो हो ट्रडिङ हो वा दिर्घकालिन लगानी हो जस्ता लगानीका रणनितीमा केन्द्रित रहेर विशुद्ध कम्पनीमा केन्द्रित भएर लगानी गर्न उनको सुझाव छ । लगानीकर्ता नेप्से कहिले बढ्छ, कहिले घट्छ किन घटयो जस्ता कुराहरुको पछि लागेर साध्य नहुने भएकाले उनि सबैलाई नेप्से इन्डेक्स भन्दा पनि कम्पनी केन्द्रित लगानी गर्न सुझाउछन् । 

Exclusive: नेपाल धितोपत्र बोर्डका नवअध्यक्षको पहिलो अन्तर्वार्ता | Ramesh Hamal | ArthasansarTalk

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको