Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा अब्बल ग्लोबल आइएमई बैंक : ईपीएस घट्दा, अन्य सूचक के भए ?

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, ११ : ३७ मा प्रकाशित

नाफामा अब्बल ग्लोबल आइएमई बैंक : ईपीएस घट्दा, अन्य सूचक के भए ?

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार २७ वटा वाणिज्य बैंकहरुमध्ये बैंककाे नाफा सबैभन्दा धेरै छ । समिक्षा अवधिमा बैंककाे ईपीएस भने थाेरै घटेकाे छ । 

चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४.१३ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख ६९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि ८.२९ प्रतिशतले बढेर ७ अर्ब ४३ करोड ९७ लाख ४४ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ६ अर्ब ८७ करोड २ लाख १२ हजार रूपैयाँ रहेकाे थियाे ।

तेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि २.७३ प्रतिशतले बढेर ५ अर्ब १७ करोड ५६ लाख ६७ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले ५ अर्ब ३ करोड ८२ लाख ८५ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा १ अर्ब ९१ करोड ९१ लाख १४ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ र जगेडा कोषमा ९ अर्ब ८४ करोड ७४ लाख ४८ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) २२ रुपैयाँ ५ पैसाबाट घटेर २० रूपैयाँ ८८ पैसामा झरेकाे छ । बैंककाे प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ४५ पैसा रहेकाे छ ।

बैंकले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

625fa19e7764f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको