Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंककाे प्रगति : नाफा १ अर्बमाथि, अन्य सूचकमा पनि वृद्धि

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, १३ : ०७ मा प्रकाशित

मुक्तिनाथ विकास बैंककाे प्रगति : नाफा १ अर्बमाथि, अन्य सूचकमा पनि वृद्धि

मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार तेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब २ करोड ६ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १.४९ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५६ लाख ३० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि २६.७९ प्रतिशतले बढेर २ अर्ब ४० करोड २३ लाख ४० हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी एक अर्ब ८९ करोड ४७ लाख ८१ हजार रूपैयाँ रहेकाे थियाे ।

तेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि २.६६ प्रतिशतले बढेर १ अर्ब ४६ करोड ३ लाख २० हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले १ अर्ब ४२ करोड २४ लाख ३४ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ५४ करोड ७२ लाख २७ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ र जगेडा कोषमा एक अर्ब ५६ करोड १८ लाख ३८ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) २४ रूपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ४१ पैसा रहेकाे छ ।

बैंकले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको