Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर कमिसन लगायत अन्य शुल्कहरु घटाउने तयारी, अध्ययनमा धितोपत्र बोर्ड

बसन्त पाण्डे

मंगलबार, २० बैशाख २०७९, १६ : ५३ मा प्रकाशित

ब्रोकर कमिसन लगायत अन्य शुल्कहरु घटाउने तयारी, अध्ययनमा धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्ड ब्रोकर कमिसन लगायत अन्य शुल्कहरु घटाउने तयारीमा लागेको छ। यसअघि २०७७ को पुष महिनामा ब्रोकर कमिसन घटाईएको थियो। मुस्किलले १ अर्बको कारोबार पनि नहुने समयमा गरिएको ब्रोकर कमिसन रिभ्यु आउटडेटेड भएको हुँदा ब्रोकर कमिसन, डिपी शुल्क, नेप्से कमिसन, धितोपत्र बोर्डले लिने फी लगायतका चार्जहरु घटाइनुपर्छ भन्ने लगानीकर्ताहरुको माग सम्बोधन गर्न धितोपत्र बोर्ड अध्ययनमा लागेको जानकारी विश्वस्त श्रोतबाट प्राप्त भएको हो।  

ब्रोकर कमिसन बढी नै भएको र अहिलेको कमिसन दरले लगानीकर्ता भन्दा पनि ब्रोकर मोटाउने वातावरण बनेको भन्दै ब्रोकर कमिसन घटाउनै पर्ने निष्कर्षमा धितोपत्र बोर्ड पुगेको बताईएको छ। कसरी र कुन मोडलबाट जाँदा उपयुक्त हुन्छ भन्ने कुराको अध्ययन भैरहेको र नयाँ आर्थिक वर्षबाट नयाँ कमिसन दर रेट लागू हुने सम्भावना निकै उच्च रहेको श्रोतको दावी छ। ब्रोकर कम्पनीहरुलाई कसरी दिर्घकालिन रुपमा व्यवसायिक वातावरण तयार गर्दै अघि बढाउने भन्ने चुनौति पनि बोर्डसामू रहेको छ। नेपालमा वियरिस मार्केट लामो समय रहने गरेको पाइन्छ। बजार वियरिस हुँदा कारोबार निकै कम हुने गर्दछ। अहिले लगानीकर्ताहरुको संख्या उल्लेख्य बढेका कारण बजार लामो समय घट्दो ट्रेन्डमा नजाला भन्ने विश्वाश धेरैको छ तर बजारको गति यस्तै नै हुन्छ भनेर ठोकुवा गर्न सक्ने स्थिति हुँदैन। केही दिनअघि मात्र नेप्सेले मार्जिन लेन्डिंगको संसोधित कार्यविधि कार्यान्वयनमा लैजानुले ब्रोकरहरुको व्यवसाय विस्तारमा धेरै योगदान पुग्ने र विस्तारै ब्रोकरहरुलाई पोर्टफोलियो म्यानेजमेन्ट लगायतका सुविधाहरु संचालन गर्न अनुमति दिने योजना पनि बोर्डको रहेको छ।  

अन्तिम समय दोश्रो बजारमा हुने कारोबार घट्दै गएको छ।  कारोबार १/१.५ अर्बमा खुम्चिईसकेको छ। दैनिक औसत कारोबार १० अर्ब भन्दा माथिको हुने अवस्थामा ब्रोकरहरुको कमाई राम्रै हुने गरेता पनि अहिले त्यस्तो अवस्था नरेहेको र आगामी दिनमा बजारको अवस्था राम्रो भएन भने कारोबारमा पनि खासै सुधार हुन नसक्ने र कम्पनी घाटामा चलाउन वाध्य हुनुपर्ने अवस्था रहेको हुँदा पहिले ब्रोकरहरुलाई दिर्घकालिन रुपमा सस्टेन हुनसक्ने वातावरण निर्माण गरेर मात्र ब्रोकर कमिसन घटाउने बारे सोच्नुपर्ने धारणा ब्रोकर संचालकहरुको रहेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको