Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको समिक्षा, भएन नीतिगत हेरफेर (पूर्णपाठ)

अर्थ संसार

शुक्रबार, १३ जेठ २०७९, ११ : ५७ मा प्रकाशित

मौद्रिक नीतिको समिक्षा, भएन नीतिगत हेरफेर (पूर्णपाठ)

नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको तेश्राे त्रैमासिक समीक्षा आज (जेठ १३ गते, शुक्रबार) सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समिक्षामा कुनैपनि नीतिगत हेरफेर भने भएकाे छैन ।

यसअघिका अर्धवार्षिक नीतिहरूलाई निरन्तरता दिइएकाे छ । चालु आर्थिक वर्षको नौ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति, मौद्रिक नीतिमा उल्लिखित नीति तथा कार्यक्रमहरूको कार्यान्वयन अवस्था, नेपाल सरकारको चालु आर्थिक वर्षको बजेटको अर्द्धवार्षिक मूल्याङ्कन र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय आर्थिक परिदृश्यलाई ध्यानमा राखी मौद्रिक नीतिको यो समीक्षा प्रतिवेदन सार्वजनिक गरिएको राष्ट्र बैंकले जनाएकाे छ । 

कोभिड-१९संक्रमण जोखिम कम भएसँगै आर्थिक गतिविधि विस्तार हुन शुरु भएको छ । २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनले अर्थतन्त्र थप चलायमान हुन गएको छ । केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन ५.८४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको नौ महिनासम्म औसत उपभोक्ता मुद्रास्फीति लक्षित सीमाभित्र रहेको छ । यद्यपि पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, रुस-यक्रेन युद्ध, कोभिड महामारीपश्चात आन्तरिक मागमा भएको विस्तार र स्थानीय तह निर्वाचनको समयमा भएको आर्थिक गतिविधिले मूल्यमा चाप पर्न गएको राष्ट्र बैंकले जनाएकाे छ । 

पूर्णपाठ हेर्न यहाँ थिच्नुहाेस् 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको