Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंक शीर्ष २० बैंकहरूको सूचीमा

अर्थ संसार

शुक्रबार, १३ जेठ २०७९, १२ : ५४ मा प्रकाशित

नबिल बैंक शीर्ष २० बैंकहरूको सूचीमा

नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत आईजी ग्लोबल पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको एस्क्युसिभ लिग तालिकामा सुचीकृत भएको छ ।

आईजे ग्लोबल युरोमनी लगानीकर्ता व्यवसायको एक हिस्सा हो, र विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ। आईजे ग्लोबल तथ्यांकले ३२,००० भन्दा बढी कारोबारहरू, २६,००० परियोजनाहरू र २,१०० कोषहरू समावेश गर्दछ जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८०%, शीर्ष कानून फर्महरूको ९०%, र शीर्ष वित्तीय सल्लाहाकारको ८५% को बजार कभरेजको साथ दैनिक आधारमा अद्यावधिक गरिन्छ।

यो मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा बैंकले लगानी पारीयोजनाहरु प्रदर्शन गर्दछ । वरीयता लिग तालिकामा नबिल बैंक १४ औ स्थानमा छ,  जुन जी–एसआईबी शीर्ष २० मा पर्न सफल भएको छ । लिग तालिकामा नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुको साथै अन्तर्राष्ट्रिय बजारमा बैंकको साख स्थापित गर्ने अपेक्षा गरिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको