Like us!
Follow us!
Connect us!
Watch us!

'लगानीकर्ताको आक्रोश विष्फोट हुनै लागेको छ, त्यो स्थिति निकै भयावहपूर्ण हुनेछ'

बसन्त पाण्डे

आइतबार, १५ जेठ २०७९, १५ : ०४ मा प्रकाशित

'लगानीकर्ताको आक्रोश विष्फोट हुनै लागेको छ, त्यो स्थिति निकै भयावहपूर्ण हुनेछ'

मर्जर तथा एक्विजिसनपछि लामो समय सेयर कारोबार रोकिने निकै नै अव्यवहारिक नियम विरुद्ध अर्थसंसारले निरन्तर लेख्दै आएको छ। केहि समयअघि धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालसंग गरिएको अर्थसंसार टकमा हमालले यो नियम एकदम अव्यवहारिक रहेको र छिटै नै यो नियम हटाइने प्रतिवद्धता व्यक्त गरेका छन। 

तपाईंहरुको नियमावली र निर्देशिकामा कहिँकतै बिमा कम्पनीहरु एकआपसमा गाभिंदा कारोबार रोक्का गरिनुपर्छ भनेर लेखिएको छैन तर मर्जरमा गएका बिमा कम्पनीहरुको सेयर कारोबार रोक्ने गरिएको छ, यस्तो अभ्यास किन गरियो भनि प्रश्न गर्दा बिमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले अहिलेसम्म धितोपत्र बोर्ड वा लगानीकर्ता कतैबाट पनि मर्जरले सेयर कारोबार रोकिएर समस्या भयो भनेर गुनासो गर्न नआएको र यदि त्यस्तो कुरा आए छलफल गरेर समाधान निकाल्न बिमा समिति तयार रहेको बताए। 

बिमा समितिका अध्यक्षको यो अभिव्यक्तिको बारेमा के भन्छन स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्की ? उनको विचार जस्ताको त्यस्तै: 

बिमा समितिका अध्यक्षको यो अभिव्यक्ति निकै गैरजिम्मेवारपूर्ण छ। बिमा समिति त एउटा उदाहरण भयो। अन्य नियामक निकायहरुमा पनि सरकारले गरेका नियुक्तिहरु अयोग्य छन्। हरेक लगानीकर्ताहरु एक एक गरेर नियामककहाँ गुनासो लिएर जाने हो कि नियामकले यो नियमले के असर गर्ला भन्ने कुराको अध्ययन गरेर लगानीकर्ताहरुको हित हुनेगरी  नियम बनाउने हो ? यो दुनियाँमै कहिँ नभएको नियम लागू गरेर लगानीकर्ताहरुको सम्पति बन्धक बनाउनु ठूलो अपराध हो।

नेपाली पुँजीबजारका लगानीकर्ताहरुले धेरै सहिसकेका छन्। कहिँ नभएको नियम लगाएर लगानीकर्ताहरुको सम्पति बन्धक बनाउने, बजारलाई प्रभावित पार्ने गरी नियामकहरुले बोल्दै जाने हो भने अब चाहिँ हामी सहेर बस्नसक्ने अवस्थामा छैनौं। अहिले लगानीकर्ताहरुको संख्या पनि लाखौँमा छ। नियामकहरु यसरी नै लापरवाह हुने र हामीले जे बोले पनि हुन्छ , जे गरे पनि हुन्छ भन्ने रवैया देखाउने हो भने लगानीकर्ताको आक्रोश विष्फोट हुनेछ र त्यो स्थिति निकै भयावह हुनेछ। नियामकहरुको लापरवाहपूर्ण नीति र नियमकै कारण लगानीकर्ताहरुले ठूलो सम्पति गुमाउनुपरेको छ। यो तथ्यलाई मनन गर्दै सरकार तथा नियामकहरुले पुँजीबजारमैत्री नियम अँगाल्नु आवश्यक छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको