Like us!
Follow us!
Connect us!
Watch us!

टाट पल्टिन लागेको श्रीलंकाको बजार फर्किसक्यो , नेपालमा भने लगातार गिरावट !

बसन्त पाण्डे

मंगलबार, ३१ जेठ २०७९, १६ : ०२ मा प्रकाशित

टाट पल्टिन लागेको श्रीलंकाको बजार फर्किसक्यो , नेपालमा भने लगातार गिरावट !

नेप्से परिसूचक १९०० को लाईनमा आईपुगेको छ। उच्चतम विन्दु ३२२७ बाट ३८% भन्दा धेरैले बजार घटिसकेको छ। कुनै गतिलो स्विंग नआईकन लगातार ५ महिनादेखि घटिरहेको छ। पछिल्ल्लो समय बजार २२६० बाट बढेर २९८३ को बिन्दुमा पुगिसकेपछि त्यहाँबाट करिब ३४ प्रतिशतले घटिसकेको छ। 

पछिल्लो समय नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो बन्ने बाटोमा हिँडेको भन्दै खुबै चर्चा परिचर्चा भयो। देशै टाट पल्टिने अवस्थामा पुगेको, महँगी अत्याधिक बढेको, डलर संचिति शुन्यप्राय: बनेको र औषधी आयात गर्ने विदेशी मुद्राको संचितिसम्म पनि नभएर हाहाकार मच्चिएको श्रीलंकाको सेयर बजार भन्दा पनि धेरै प्रतिशतले नेपाली सेयर बजार घटेको छ।  

श्रीलंकाको सेयर बजार (ASPI) २०२२ को जनवरीमा १३४६२ को विन्दुमा पुगेको थियो। करिब ३ महिनाको अवधिमा ६८८० को विन्दुसम्म झर्यो। यो भनेको ३७% को गिरावट हो। ६८८० को विन्दुबाट करिब २०% ले बढेर ८५१५ को विन्दुमा पुगेको श्रीलंकाको बजार आज ७८८८ को विन्दुमा क्लोज भएको छ।  

अर्थतन्त्र पुरै सखाप भएर टाट पल्टिने अवस्थामा रहेको श्रीलंकाको सेयरबजार पनि ३७% को गिरावटपछि सम्हालियो तर अर्थतन्त्र सामान्य अवस्थामै रहेको नेपालको सेयर बजार ३८% भन्दा धेरैले खसिसक्दा पनि सम्हालिन सकेको छैन। 

सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा लिईन्छ। लगातार २०% भन्दा धेरै अंकले सेयर बजार घट्नुलाई अन्तराष्ट्रिय बजारहरुमा निकै चासोका रुपमा लिईन्छ। सरकार र नियामक निकायहरुले निकै चासोका साथ लगानीकर्ताहरुको मनोबल बढाउने किसिमका कार्यक्रमहरु ल्याउने गर्दछन। नेपालको केसमा भने 'कुनै समय ११७५ बाट २९२ मा झर्दा त केहि भएन अहिले पनि जति घट्नु छ घटोस के नै फरक पर्छ र' भन्ने मानसिकता सरकार र नियामकमा रहेको पाइन्छ।  

पछिल्लो समय लगानीकर्ताहरु बजार निकै घटिसकेको र अब धेरै घट्ने ठाउँ नभएको भन्ने निष्कर्षमा पुगेको भएता पनि राष्ट्र बैंकको नीति अनुसार ४/१२ करोड भन्दा बढी ऋण लिएका लगानीकर्ताहरुले ऋण सेटल गर्न सेयर बेच्नुपर्ने बाध्यता, बजार निरन्तर घट्दा सेयर धितोमा राखेर ऋण लिएका लगानीकर्ताहरुलाई बैंक/वित्तिय संस्थाहरुले गरेको मार्जिन कल, असार मसान्त आउँदै गर्दा ऋणको ब्याज भुक्तानी गर्न सेयर बिक्रि गर्नै पर्ने अवस्थाका कारण फोर्सफुल सेलिङ्ग आउँदा बजार स्थिर हुननसकेको कुरा बजार विज्ञहरुले बताउँदै आएका छन्। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको