Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल-श्रीलंका स्टक मार्केटको तुलनाः नेपाल श्रीलंकाको बाटोमा कि श्रीलंका नेपालको बाटोमा ?

बसन्त पाण्डे

विहीबार, ०९ असार २०७९, १४ : ०७ मा प्रकाशित

नेपाल-श्रीलंका स्टक मार्केटको तुलनाः नेपाल श्रीलंकाको बाटोमा कि श्रीलंका नेपालको बाटोमा ?

देशको अर्थतन्त्र कस्तो छ भनेर बुझ्नका लागि हेरिने केहि महत्वपूर्ण सूचकहरुमध्ये सेयर बजार पनि एक हो। यदि कुनै देशको सेयर बजारका सूचकहरु सकारात्मक छन् भने त्यो देशको अर्थतन्त्र सकारात्मक गतिमा अघि बढिरहेको छ भन्ने बुझिन्छ। कुनै मुलुकको सेयर बजारमा राम्रो ग्रोथ देखिईरहेको छ भने सो मुलुकको अर्थतन्त्र आगामी दिनमा अझै बलियो बन्दै जाने सम्भावना रहेको विश्लेषण गर्ने गरिन्छ। त्यस्तै यदि कुनै मुलुकको सेयर बजार अप्रत्याशित ढंगले छोटो समयमा अत्याधिक अंकले घट्छ भने त्यसले मुलुकको अर्थतन्त्र आगामी दिनमा अझै भयावह हुने संकेत गर्दछ भन्ने विश्लेषण गर्ने गरिन्छ। यो यस अर्थमा कि सेयर बजारले घटना घट्नुअघि नै प्रतिक्रिया जनाउने गर्दछ भन्ने विश्वव्यापी मान्यता रहिआएको छ। 

नेपालमा पछिल्लो समय श्रीलंकाको चर्चा परिचर्चा अत्याधिक हुने गरेको छ। अर्थमन्त्री, गभर्नर, अर्थशास्त्री लगाएत समाजका विभिन्न तप्का तथा वर्गका मानिसहरु श्रीलंकाको अर्थतन्त्रको बारेमा बोलिरहेका, आफ्ना विचार व्यक्त गरिरहेका देखिन्छन। यतिबेला नेपाली आम जनताले सबैभन्दा धेरै सुनेको विदेशी मुलुकको नाम सायद 'श्रीलंका' नै हुनुपर्छ।  

सबैजना भनिरहेका छन्, 'नेपाल श्रीलंकाको बाटोमा जाँदै छ !' तर सेयर बजार चिच्याई चिच्याई भनिरहेको छ : 'नेपाल श्रीलंकाको बाटोमा होइन श्रीलंका चाहिं नेपालको बाटोमा जाँदै छ !"

अब यो कसरी भन्ने प्रश्न स्वाभाविक रुपमा उठ्छ नै। 

केहि दिनअघि मात्रै श्रीलंकाका प्रधानमन्त्रीले देश टाट पल्टिसकेको भन्ने अभिव्यक्ति दिए। अब सरकारले आइएमएफ सँग ऋण सहायता माग्नुको कुनै विकल्प नरहेको उनले बताए। श्रीलंकाको अहिलेको सबैभन्दा बिग्रिएको पक्ष भनेको वैदेशिक मुद्राको संचिति हो। त्यहाँ वैदेशिक मुद्राको संचिति अत्यन्तै न्यून भएका कारण औषधी, खाद्यान्न जस्ता अत्यावश्यक कुराहरु समेत पर्याप्त मात्रामा आयात गर्न नसक्ने अवस्था छ। पर्याप्त मात्रामा पेट्रोल, डिजेल तथा खाना पकाउने ग्याँसजस्ता अति आवश्यक कुराहरुको उपलब्धता नहुँदा आम जनता निकै मारमा परेका छन्। महंगी  चुलिएको छ। ब्याजदर निकै उच्च छ। अत्याधिक वैदेशिक ऋणका कारण देश नै टाट पल्टिने अवस्थामा छ। श्रीलंकाको अवस्था यस्तो भैसकेको छ कि अब यहाँभन्दा बढी हुन केहि बाँकी छैन। 

तर यहाँ चाखलाग्दो कुरा के छ भने मुलुकको यस्तो जर्जर अवस्था हुँदा पनि श्रीलंकाको सेयर बजार सम्हालिएको छ। यो लेख तयार गर्दै गर्दा पनि त्यहाँको सेयर बजारमा हरियाली छाईरहेको छ। करिब ५ महिनाअघि १३४०० को हाराहारीमा रहेको कोलम्बो स्टक एक्सचेन्जको परिसूचक यो आलेख तयार पार्दाको बखत ७५४० को अंकमा छ। यो भनेको उच्च बिन्दुबाट करिब ४४% को गिरावट हो। यता नेपालको सेयर बजारको परिसूचक हेर्ने हो भने करिब १० महिनाअघि ३२०० भन्दा माथि रहेको नेपाल स्टक एक्सचेन्जको परिसूचक अहिले १८५० भन्दा पनि तल आईसकेको छ। यो भनेको करिब ४३% को गिरावट हो। त्यस्तै लगालग ५ महिनादेखि नेपालको सेयर बजार घटेको घट्यै छ।  

प्रधानमन्त्रीले देश टाट पल्टिईसकेको घोषणा गरेको श्रीलंकाकै हाराहारीमा नेपालको सेयर बजार घट्नुलाई के सामान्य रुपमा लिन सकिन्छ र ? 

अझ गज्जबको कुरा त के छ भने नेपालको सेयर बजार घट्ने क्रम रोकिएको छैन। उता श्रीलंकाको बजारको घट्ने क्रम थामीईसक्यो। 
यदि विश्वव्यापी रुपमा स्वीकारिएको सेयर बजार देशको अर्थतन्त्रको ऐना हो भन्ने सिद्धान्तलाई मान्ने हो भने नेपाल र श्रीलंकाबिचको सेयर बजारलाई गहिरीएर हेर्दा नेपाल श्रीलंकाको बाटोमा होइन श्रीलंकाको अवस्था चाहिँ नेपालको जस्तो हुन लागेको हो कि जस्तो पो देखिन्छ ! देशै टाट पल्टिंदा  पनि सेयर बजारमा हरियाली छाएको श्रीलंका र पछिल्लो समय निर्यात बढ्दै गएको, आयात घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको र बिस्तारै सबै कुरा राम्रो हुँदै जाने अपेक्षा गरिएको हाम्रो देशको सेयर बजारमा लगातार गिरावट आएर बजार रक्ताम्मे हुने अवस्थामा पुग्नुको खास कारण चाहिँ के रहेछ ? के अर्थतन्त्रले मात्रै देशको सेयर बजारको अवस्था निर्धारण गर्दो रहेछ त ? यदि गर्ने भए यतिबेला श्रीलंकाको सेयर बजार किन हरियो छ ? जवाफ कसले दिने ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको