Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन थप ५ कम्पनीकाे काराेबार राेक्का, लगानीकर्ताको सम्पत्ति बन्धक !

अर्थ संसार

विहीबार, ३० असार २०७९, १३ : २७ मा प्रकाशित

एकैदिन थप ५ कम्पनीकाे काराेबार राेक्का, लगानीकर्ताको सम्पत्ति बन्धक !

धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज एकैदिन थप ५ कम्पनीको कारोबार रोक्का भएको छ । जसमध्ये ४ वटा बीमा कम्पनी र एउटा वाणिज्य बैंक रहेका छन् ।

हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेलाई प्राप्ति गर्ने सम्झौतामा हिजाे हस्ताक्षर भएकाे छ । हिमालयन बैंकले सिभिल बैंकलाई १००ः०.८१ अनुपातमा एक्वायर गर्न लागेको हो । जस अनुसार सिभिल बैंककाे १०० कित्ता सेयर हुनेले हिमालयन बैंककाे ८१ कित्ता सेयर प्राप्त गर्नेछन् ।  सम्झाैतापछि दाेश्राे बजारमा आज (असार ३० गते, बिहीबार) देखि सिभिल बैंककाे काराेबार राेक्का भएकाे छ । 

सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेड र  लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडबीच आज बिहान मर्जर सम्झौता सम्पन्न भएको छ । त्यसैले, साेही प्रयाेजनका लागि आज (असार ३० गते, बिहीबार) देखि दाेश्राे बजारमा दुवै कम्पनीकाे काराेबार राेक्का गरिएकाे छ । 

त्यस्तै, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच बुधबार मर्जर सम्झाैता सम्पन्न भएकाे छ। त्यसैले, मर्जर प्रयाेजनका लागि आज (असार ३० गते, बिहीबार) देखि दाेश्राे बजारमा दुवै कम्पनीकाे काराेबार राेक्का गरिएकाे छ । 

मर्जर र एक्विजिशनसँग सम्बन्धी व्यवस्थित नीति नभएर लगातार काराेबार राेक्का राखिँदा लगानीकर्ताहरूले "लंकामा सुन छ कान मेरो बुच्चै" भन्ने उखानकाे चरितार्थ भएको महसुस गर्न थालेका छन् । 

के हाे मर्जर र एक्विजिशन ?

सामान्य भाषामा भन्नुपर्दा दुई वा दुई भन्दा बढी इजाजतपत्रप्राप्त संस्था एक आपसमा गाभिई नयाँ संस्था बन्ने कार्यलाई मर्जर भनिन्छ । त्यस्तै, एक्विजिशन अथवा प्राप्ति भन्नाले एउटा इजाजतपत्रप्राप्त संस्थाले अर्को इजाजतपत्रप्राप्त संस्थालाई खरिद प्रक्रियाद्वारा आफूमा समाहित गर्ने कार्य बुझिन्छ ।

कहिलेबाट सुरू भयाे काराेबार राेक्काकाे काननु ?

डाक्टर चिरन्जीवी नेपाल गभर्नर रहेका बखत राष्ट्र बैंकको "बैंक तथा वित्तिय संस्था एक आपसमा गाभ्ने गाभिने  (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३" को संसोधित संस्करण २०७५ मा प्रकाशित भएको थियो। सो विनियमावलीमा मर्जर तथा प्राप्तिमा जाने वित्तिय संस्थाहरुले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरिसकेपछि धितोपत्र बजार (नेप्से) मा ती संथाहरुको सेयर कारोबार रोक्का राखिनुपर्ने प्रावधान उल्लेख गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको