Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको पूर्णपाठ : ४ हट्याे १२ यथावत, बैंकदर बढ्दा अरू के-के भयाे ?

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, १६ : ५५ मा प्रकाशित

मौद्रिक नीतिको पूर्णपाठ : ४ हट्याे १२ यथावत, बैंकदर बढ्दा अरू के-के भयाे ?

नेपाल राष्ट्र बैंकले आज (श्रावण ६ गते, शुक्रबार) आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेकाे छ ।

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको ४/१२ को नीति संशोधन गरेको छ  । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै संशोधन गरिएकाे जानकारी दिएका हुन् । जस अनुसार अब सेयर धितो कर्जामा कुल १२ करोड मात्र लिन सकिनेछ  । एउटा बैंकबाट ४ करोड मात्र लिन सकिने व्यवस्था भने खारेज भएको छ  ।

मौद्रिक नीतिमार्फत बैंकदर १.५ प्रतिशतले बढाएर ८.५ प्रतिशत पुर्याइएको छ । यसअघि बैंकदर ७ प्रतिशत थियाे । 

त्यसैगरी, अब उप्रान्त मर्जरका नाममा काराेबार राेक्का नहुने भएकाे छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै मर्जर तथा एक्विजिशन प्रयाेजनार्थका लागि काराेबार राेक्का गर्ने प्रणाली खारेज गरिएकाे जानकारी दिएका हुन् ।

 पूर्णपाठ हेर्न यहाँ थिच्नुहाेस् 

हामी आभारी छौँ  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको