नेपाल धितापत्र बोर्डले सार्वजनिक निष्काशनमा लाग्ने सिआस्वा शूल्कको अधिकतम सिमालाई ९५ प्रतिशतले घटाउने तयारी गरेको छ । हालसम्म बैंक तथा वित्तिय संस्थाहरुले अधिकतम १०० रुपैयाँ सम्म सिआस्वा शूल्क लिन पाउने कानुनी व्यवस्था रहेकोमा अब बोर्डले उक्त व्यवस्थालाई परिमार्जन गरी अधिकतम ५ रुपैयाँ सम्म सिआस्वा शूल्क लिन पाउने व्यवस्था गर्न लाष्ेको हो ।
सार्वजनिक निष्काशनमा लाग्ने शूल्कलाई परिमार्जन गरि अधिकतम ५ रुपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था कार्यन्यनका लागि बोर्डमा छलफल समेत भइसकेको र अब छिट्टै यो कार्यन्यनको चरणमा जाने बोर्डले जनाएको छ ।
बैंक तथा वित्तिय संस्थाहरुले मनपरी सिआस्वा शूल्क लिएको भन्दै लगानीकर्ताहरुको चर्को बिरोध समेत हुने गरेको थियो । कतिपय कम्पनीले त प्राथमिक सेयर निष्काशनबाट प्राप्त गर्ने रकम भन्दा बढि लगानीकर्ताहरुले आईपिओ आवेदन वापत तिर्ने सिआस्वा शूल्कमा गएको भन्दै यसको चर्को विरोध समेत हुने गरेको थियो ।
आईपिओ आवेदन वापत लाग्ने अधिकतम ५ रुपैयाँ शूल्क मध्यमा १ रूपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले र १ रुपैयाँ सिडिएस एण्ड क्लियरीङ लिमिटेडले पाउने छ । अधिकतमको सिमा ५ रुपैयाँ तोकेता पनि बैंक तथा बित्तिय संस्थाहरुले त्यो भन्दा कम वा निशूल्क रुपमै पनि यस्तो सेवा प्रवाह गर्ने छन् ।
अहिले पनि एनआईसि एशिया बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंकले निशूल्क सिआस्वा सेवा दिइरहेका छन् भने भदौ १ गतेबाट लागु हुने गरी कुमारी बैकले पनि सिआस्वा शूल्क निशूल्क गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस