Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो बजारमा ७ रुपैयाँमै पाईने सानिमा क्यापिटलको नयाँ म्युचुअल फण्डलाई १० रुपैयाँ किन तिर्ने ?

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, १० : ५२ मा प्रकाशित

दोस्रो बजारमा ७ रुपैयाँमै पाईने सानिमा क्यापिटलको नयाँ म्युचुअल फण्डलाई १० रुपैयाँ किन तिर्ने ?

अन्तराष्ट्रिय रुपमा हेर्दा सेयर बजारमा गरिने लगानीमा सबै भन्दा सुरक्षित लगानीको संज्ञा मुचुअल फण्डलाई दिने गरिन्छ। सेयरको लगानीलाई विविधीकरण ( Diversify ) गर्दा रिस्क र रिवार्डको अनुपात सहज हुने गर्दछ। सेयर लगानीको विविधीकरणका लागि मुचुअल फण्डलाई सहज लगानीको रूपमा लिने गरिन्छ।

पछिल्लो समय नेपाली सेयरबजारमा मुचुअल फण्डको आकर्षण बढदो रूपमा रहेको थियो तर मुचुअल फण्डले लगानिकर्ताको बिश्वास कायम राख्न नसक्दा अहिले मुचुअल फण्डमा किन लगानी गर्ने भन्ने प्रश्न लगानीकर्ताले उठाउन थालेका छन। प्रति एकाई मूल्य रु १० मा जारी भएका मुचुअल फण्ड अहिले जारी मूल्य भन्दा कम मूल्यमा आएका छन्। 

यस्तै एक उदाहरण हो सानिमा क्यापिटल लिमिटेडले निश्कासन गरेका २ मुचुअल फण्ड सानिमा लार्ज क्याप फण्ड (SLCF) र सानिमा इक्विटी फण्ड ( SAEF )। सानिमा क्यापिटल लिमिटेडका दुवै मुचुअल फण्डको मूल्य अहिले जारी गरेको मूल्य भन्दा कम मूल्यमा आएको छ। सानिमा इक्वीटी फण्डको मूल्य अहिले ४% ले घटेर ९.९६ रुपैयाँ मा आएको छ त्यस्तै सानिमा लर्ज क्याप फण्डको मूल्य २७.५% ले घटेर ७.२५ रुपैयाँमा आएको छ। आजै बाट सानिमा क्यापिटल लिमिटेडले नयाँ मुचुअल फण्ड निष्काशन गरेको छ ।

पूर्व निष्काशित दुवै मुचुअल फण्डले लगानीकर्तालाई प्रतिबद्धता व्यक्त गरेको लगानी फिर्ता गर्न सकेको छैन। २०१८ मार्च ०४ मा सूचीकृत सानिमा क्यापिटलको पहिलो मुचुअल फण्डकाे मूल्य ९.९६ रुपैयाँमा झरेको छ। त्यस्तै २०२१ फेब्रुअरी २५ मा सूचीकृत सानिमा क्यापिटलको दोस्रो मुचुअल फण्ड सानिमा लार्ज क्याप फण्ड अहिले ७.२५ रुपैयाँमा आउँदा दोश्रो बजारमा ७.२५ रुपैयाँमा आएको छ।

लगानीकर्तालाई अपेक्षित मुनाफा दिन नसकेको अवस्थामा नयाँ मुचुअल फण्ड निष्काशन गर्दै गर्दा लगानीकर्ताहरुलाई दोस्रो बजारबाट पूर्व सूचीकृत मुचुअल फण्डको सट्टा रु २.७५ बढी तिरेर नयाँ मुचुअल फण्ड किन खरिद गर्ने प्रश्नको उत्तर दिन सकिरहेको छैन। 

मुचुअल फण्डले आजभोली अन्तराष्ट्रिय बजारको सफलता र चार्म देखाए नेपालमा लगानीकर्तालाई भिडाउन खोजेको एक लगानीकर्ता आरोप लगाउँछन् ।

पछिल्लाे समय म्युचुअल फण्डहरू प्राथमिक भन्दा भन्दा दाेस्राे बजारमा सस्ताे मूल्यमा पाइन थालेपछि अहिले म्यूचअल फणडका इकाइहरू बेच्नै हम्मे हम्मे परिरहेकाे छ । 

‘त्यहि क्यापिटलले जारी गरेकाे म्युचुअल दाेस्राे बजारमा ७-८ रूपैयाँँमा फालाफाल पाँउदा पाउँदै १० रूपैयाँ  तिरेर नयाँ म्युचुअल फण्ड किन्नु त मुर्खता नै हुन्छ नि’ एक लगानीकर्ताले भने ‘पहिले पहिले त मैले पनि धेरै म्युचुअल फण्डहरुमा आवेदन दिए तर अहिले त आवेदन दिनै छाँडे त्यहि क्यापिटलले व्यबस्थापन गरेको फण्डलाई किन प्राथमिक बजारमा महंगो मूल्य तिर्ने अझ सुचिकृत हुन पनि धेरै समय लाग्छ ।’  

भिडियो पनिः

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको