Like us!
Follow us!
Connect us!
Watch us!

अपरेटरहरुले म्युचुअल फण्डको प्रयोग गरी यसरी डुबाए लाखौँ भारतिय लगानीकर्ता ?

धिरज पौड्याल

आइतबार, २० कार्तिक २०७९, १४ : ४८ मा प्रकाशित

अपरेटरहरुले म्युचुअल फण्डको प्रयोग गरी यसरी डुबाए लाखौँ भारतिय लगानीकर्ता ?

भारतीय च्यानल र भारतीय विज्ञापनसँग हामी जोडिएका छौ। तपाईहरूले याद गर्नुभएको होला म्युचुअल फण्डको प्रचार सामग्रीमा ‘म्युचुअल फण्ड Sahi Hai’ भन्ने ट्याग प्रयाेग गरेका हुन्छन, भारतमा;“ म्युचुअल फण्ड Sahi - Hai ” नामक क्याम्पेन नै सञ्चालित छ।

म्युचुअल फण्डलाई लगानी गर्ने उपयुक्त वित्तीय साधनको रूपमा लिने गरिन्छ। बढदो क्रममा रहेको भारतको वित्तीय उपकरण स्थापनाको र विकासको २७ वर्ष पछि भारतमा म्युचुअल फण्ड प्रति जनताको बिश्वास उड्यो र आज पनि भारतिय लगानीकर्तालाई लगानी गर्ने समयमा उक्त घोटालाले सशंकित बनाउँछ। 

भारतिय वित्तीय घोटाला मध्यको एक ठूलो घोटाला हो UTI म्युचुअल फण्ड सक्याम। सन् १९६३ मा व्यवस्थापिका बाट एन मार्फत भारतिय रिजर्भ बैंक मार्फत नियमन हुने गरी स्थापित यूनिट ट्रस्ट अफ इण्डिया भारतको पहिलो म्युचुअल फण्ड हो। 

स्थापनाको १ वर्ष पछाडि यूनिट ट्रस्ट अफ इण्डियाले पहिलो म्युचुअल फण्ड स्किम US-64 सुरुवात गरेको थियो 

भारतमा त्यो समयमा लगानीका अन्य विश्वसनीय साधनको सहज पहुँच भने थिएन मुनाफा दिने विश्वसनीयता व्यक्त गरेको US-64 स्किममा जनताको राम्रो आकर्षण पाएको थियो। UTI मा भारतभर ५४ शाखा २९५ जिल्ला प्रतिनिधि र ७५००० एजेन्टहरु रहेका थिए जसमा २ करोड बढी जनता यूनिट होल्डर थिए। 

तत्कालीन समयमा म्युचुअल फण्ड स्किममा ज्ञानको आधारमा भन्दा पनि आफन्त तथा चिनजानको व्यक्ति तथा सरकारी स्वामित्वमा रहेको कारण यस म्युचुअल फण्ड स्किममा जनताले लगानी गरेका थिए। 

तत्कालिन समयमा अकाउन्टिङ सिद्धान्त र नियमको प्रयोग हुने थिएन, UTI - फण्डले १०% आम्दानी हुँदा आम्दानी भन्दा बढी १८% डीभिदेण्ड दि रहेको थियो। यो समयमा म्युचुअल फण्डमा व्यवस्थापकको एकाधिकार रहेको थियो। म्युचुअल फण्डको खरिद बिक्री NAV को आधारमा भन्दापनि व्यवस्थापनले निर्धारण गरेको मूल्यमा हुने गर्थ्यो। यदि NAV १०० रहेको खण्डमा व्यवस्थापनले १२० मा बिक्री गर्ने घोषणा गरेको त्यस मूल्यमा खरिद गर्नु पर्ने हुन्थ्यो। व्यवस्थापन को एकाधिकार रहँदा रहँदै पनि दिदै आएको लाभांसको कारण लगानीकर्ताको संख्या र आकर्षण दिनानु दिन बढ्दै थियो। राम्राे रिटर्न दी रहेको खण्डमा लगानिकर्ताले लगानी गर्न कुनै प्रश्न उठाएनन् । 

व्यवस्थापनले लेखा नीति आफू अनुकूल बनाई रहेका थिए र US-64 स्किमको आधारमा ७६ हजार करोड Asset Under Management जम्मा गरेको थियो।

सन् १९९८ तिर UTI विरुद्ध बिभिन्न प्रश्नहरू उठ्न थाले, नाफा ग्यारेन्टी गरेको US-64 स्किमलाई भोलाटाएल हूने स्किममा कसरी नाफा ग्यारेन्टी गर्न सक्छौ लगायतका प्रश्नहरू उठेका थिए जसको उत्तरमा ६ सय करोडको डेभलपमेन्ट फण्ड रहेको कारण हामी ग्यारेन्टी गर्न सक्छौ। 

म्युचुअल फण्ड तथा वित्त बजारको लगानीमा अहिले जस्तो पूर्व सावधानी अपनाइने थिएन। 

भोलाटाइल (घट्ने र बढ्ने) वजारमा नाफा ग्यारेन्टी गरिरहेको UTI प्रति प्रश्नको चिन्ह थप बढ्यो र अनुसन्धानको घेरामा पर्यो। UTI संख्यात्मक रूपमा ठूलो भइरहेको थियो लाभांस बाडी रहेको थियो र लेखा निति पालन नगर्दा भारतीय रिजर्भ बैंकले बारम्बार स्पष्टीकरण मागी रहेको थियो र उत्तरमा सन्तुष्ट भएको थिएन त्यसैले भारतीय रिजर्भ बैंकले घोटालाको आशंका गरेको थियो। 

सन २००१ मा केतन पारेक स्क्यामले भारतीय सेयरबजार वबल ब्रष्ट भयो। 

वबल ब्रष्ट भएपछि UTI को पोर्टफोलियोमा स्क्र्याप सेयर हरु रहेका थिए जसलाई अपरेटरले लगाएका थिए। US-64 को पोर्टफोलियो अपरेटरसँग मिलेर बनिरहेको थियो। UTI मा जनताको पैसा उच्च रुपम आई रहेको थियो र बिना प्रश्न खरिद गरिरहेका थिए। UTI सरकारी फण्ड रहेको कारण जनताको विश्वास रहेको थियो र जनताले लगानी गरेका थिए तर केतन पारेक स्क्याम पश्चात सब भन्डाफोर भयो र जनताको म्यूचुअल फण्ड प्रति लगानी गर्ने विश्वास उड्यो । 

म्यूचुअल फण्डले जनताको पैसा फिर्ता नगर्ने घोषणा गरेको थियो तर तिब्र आन्दोलन पछि यो निर्णय बाट पछि हट्यो र बोन्डको रूपमा केही पैसा फिर्ता गर्यो जुन पहिला संस्थापक लगानीकर्तालाई गएको थियो र सबै जनता संग पैसा नपुगेको भारतीय सञ्चार माध्यममा उल्लेख छ। 

यस घटना पश्चात भारतमा म्यूचुअल फण्ड प्रतिको विश्वास रहन सकेन र लगानीकर्ताको संख्यामा अझै पनि प्रभाव परिरहेको छ। जनताको गुमाएको विश्वास फिर्ता पाउन वर्षेनी भारतमा करोडौं खर्च गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको