Like us!
Follow us!
Connect us!
Watch us!

संस्थापक सेयर साधारणमा परिणत गर्दै नेपाल पुनर्बिमा कम्पनी, प्रत्यक्ष लाभ बिमा कम्पनीहरुलाई

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, ११ : ३० मा प्रकाशित

संस्थापक सेयर साधारणमा परिणत गर्दै नेपाल पुनर्बिमा कम्पनी, प्रत्यक्ष लाभ बिमा कम्पनीहरुलाई

नेपाल पुनर्बिमा कम्पनीले संस्थापक सेयर साधारण सेयरमा परिवर्तन गर्ने भएको छ। हाल कम्पनीमा ८४% संस्थापक र १६% मात्रै साधारण सेयर रहेको छ। 

पुनर्बिमाको सबैभन्दा ठूलो सेयरधनी नेपाल सरकार हो। नेपाल सरकारले कम्पनीको ४४.०३९% सेयर धारण गरेको छ। नेपाल सरकार बाहेक अन्य ३१ वटा संस्थाहरुले पनि पुनर्बिमाको संस्थापक सेयर धारण गरेका छन्। कम्पनीको संस्थापक सेयरमा थुप्रै इन्स्योरेन्स कम्पनीहरुले पनि लगानी गरेका छन्। सो मध्य  हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले ३.२३% हिस्सा ओगटेको छ भने राष्ट्रिय बिमा कम्पनी लिमिटेडले २.७६% लगानी गरेको देखिन्छ। १% भन्दा माथि लगानी गर्ने इन्स्योरेन्स कम्पनीहरु थुप्रै छन्।  

पुनर्बिमा कम्पनीको पुँजी कम रहेको र व्यवसायको आकार बढाउन २५ अर्बको पुँजी पुर्याउनुपर्ने धारणा पुनर्बिमाका सीईओ शंकर कुमार रायमाझीले बारम्बार सार्वजनिक रुपमै व्यक्त गर्ने गरेका छन्। सो सम्बन्धमा उनले तत्कालिन अर्थमन्त्री विष्णु पौडेललाई समेत ब्रिफिंग गरेका थिए। पौडेल रायमाझीको कुरामा सहमत भएका थिए। पुँजी बढाउन हकप्रद सेयर जारी गर्नु नै उत्तम विकल्प हुनसक्ने प्रस्ताब लिएर मन्त्रालय पुगेका रायामाझीलाई पौडेलले ग्रीन सिग्नल दिएको पुष्टि स्वयम् रायमाझीले नै गरेका थिए। तर त्यतिबेला पौडेलले पुनर्बिमामा सरकारले ठूलो कित्ता सेयर धारण गरेको र हकप्रद भर्न धेरै पैसा चाहिने अनि अहिले सरकारसंग पैसा नभएको अवस्थामा सरकारको आर्थिक भार बढ्ने भन्दा पनि सरकारको खातामा पैसा कसरी आउँछ भनेर सोच्न सुझाएका थिए। सो को समाधान स्वरुप केहि प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरमा रुपान्तरित गर्ने र सरकारी स्वामित्वको केहि सेयर बिक्रि गर्ने योजना रायमाझीले पौडेललाई सुनाएका थिए। 

अहिले नै 'यति' प्रतिशत संस्थापक सेयर साधारणमा रुपान्तरित गर्ने भन्ने तय भईसकेको छैन। 'संचालक समितिको बैठकबाट कति प्रतिशत सेयरलाई पब्लिक बनाउने भन्ने निर्णय हुन्छ। प्रोमोटरको हिस्सा ८४% रहेका कारण सकेसम्म अलि धेरै नै पब्लिकमा कन्भर्ट गर्ने भन्ने हाम्रो कुरा हो। कम्तिमा २०% त गर्नु नै पर्छ।' एक संचालकले अर्थसंसारलाई बताए। 

हाल पुनर्बिमा कम्पनीको चुक्ता पूँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ रहेको छ। 

पुनर्बिमा कम्पनीले आफ्नो व्यापारलाई अन्तराष्ट्रिय क्षेत्रसम्म विस्तार गर्ने योजना बनाएको छ। त्यसका लागि पूँजी बढाउनै पर्ने बाध्यता छ। 

बिमा प्राधिकरण के भन्छ ? 

साविकको बिमा समिति (हाल बिमा प्राधिकरण) ले जारी गरेको बिमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ को परिच्छेद २ को दफा ५ मा संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन सम्बन्धी व्यवस्था गरिएको छ।  सो दफा अनुसार बिमा कम्पनीहरुले बिमा व्यवसाय संचालन गर्न ईजाजत प्राप्त गरेको मितिले ५ वर्ष पूरा भईसकेपछि कुल चुक्ता पूँजीको कम्तिमा ५१% सेयर स्वामित्व संस्थापक समूहको हुनेगरी संस्थापकहरुको सेयर लगानीको अनुपातमा समानुपातिक रुपमा सर्वसाधारण समूहमा परिवर्तन गर्न सकिने प्रावधान छ। नेपाल पुनर्बिमाले व्यवसाय संचालन गर्ने ईजाजत प्राप्त गरेको ५ वर्ष बढी भईसकेकाले पुनर्बिमाले संचालक समितिबाट निर्णय गरेर संस्थापक सेयरलाई साधारणमा परिवर्तन गर्न सक्ने बिमा प्राधिकरण बताउँछ। 'नियमावली अनुसार गरिने कार्यमा प्राधिकरणको कुनै अब्जेक्सन हुँदैन। उहाँहरु सो सम्बन्धमा निर्णय गर्न स्वतन्त्र हुनुहुन्छ', बिमा प्राधिकरणका प्रवक्ताले अर्थसंसारलाई बताए।  

इन्स्योरेन्स कम्पनीहरु हुनेछन मालामाल

पुनर्बिमाको संस्थापक सेयरमा लगानी गर्नेमध्ये अधिकांश बिमा कम्पनीहरु रहेका छन्। जब पुनर्बिमाको सेयर पब्लिकमा कन्भर्ट हुन्छ त्यसको प्रत्यक्ष लाभ ती कम्पनीहरुलाई हुनेछ। 

कुन बिमा कम्पनीको कति लगानी ?

 

माथि उल्लेखित अधिकांश कम्पनीहरु मर्ज भएका छन्। प्रिमियर इन्सुरेन्स र सिद्धार्थ इन्स्योरेन्स एक आपसमा गाभिएका छन्। त्यस्तै लुम्बिनी जेनेरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स पनि एक आपसमा गाभिएका छन्। हिमालयन जेनेरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिएर हिमालयन एभरेष्ट इन्स्योरेन्स बनिसकेको छ। सूर्या लाईफ इन्स्योरेन्स र ज्योति लाईफ इन्स्योरेन्स एक आपसमा गभिएर सूर्या ज्योति बनिसकेको छ। प्राइम लाइफ र गुराँस लाईफ पनि एक आपसमा गाभिईसकेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको