Like us!
Follow us!
Connect us!
Watch us!

उपनिर्वाचनको मनोनयन दर्ता आज, को कोले दिदैछन् उम्मेदवारी ?

अर्थ संसार

सोमबार, २० चैत्र २०७९, ०८ : ३१ मा प्रकाशित

उपनिर्वाचनको मनोनयन दर्ता आज, को कोले दिदैछन् उम्मेदवारी ?

आज वैशाख १० गते उपनिर्वाचन हुदैँ गरेका तीन क्षेत्र तनहुँ-१, चितवन-२ र बारा-२ मा सोमबार उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगले यी सबै क्षेत्रका लागि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ।

नेपाली कांग्रेसका रामचन्द्र पौडल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१, जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा–२ र नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाले रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन–२ गरि तीन स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

नेपाली कांग्रेसले तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनबाट बारा-२ मा जसपा अध्यक्षा उपेन्द्र यादव उम्मेदवार बन्ने छन्। नेकपा एमालेले तनहुँ-१ मा सर्वेन्द्र खनाल र चितवन-२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ। बारा-२ का लागि एमालेले उम्मेदवार टुंगो लगाइसकेको छैन।

राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ-१ मा स्वर्णिम वाग्ले, चितवन-२ मा सभापति रवि लामिछाने र बारा-२ मा रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ।

जनमत पार्टीले बारा-२ मा शिवचन्द्रप्रसाद कुशवाहालाई उम्मेदवार बनाउने भएको छ। मंसिर ४ गते भएको चुनावमा उनी जसपाका रामसहाय यादवसँग झिनो मतले पराजित भएका थिए। त्यप बेला उनी माओवादी बाट चुनाव लडेका थिए अहिले उनले माओवादी परित्याग गरेर जनमत प्रवेश गरेका थिए। 

राष्ट्रिय प्रजातन्त्र पार्टीले तनहुँ-१ मा शोभा गुरूङ, चितवन-२ मा जीवलाल पुरी र बारा-२ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने भएको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको