Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको ऋणपत्र परिपक्व हुँदै, साँवा र ब्याज वैशाख २ देखि भुक्तानी हुने

अर्थ संसार

बुधबार, २१ चैत्र २०८०, ११ : १२ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको ऋणपत्र परिपक्व हुँदै, साँवा र ब्याज वैशाख २ देखि भुक्तानी हुने

ग्लोबल आइएमई बैंकले निष्कासन गरेको "ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०/८१" चैत २७ गते परिपक्व हुने भएको छ ।

बैंकले एक अर्ब ५० करोड रुपैयाँ बराबरको एक हजार रुपैयाँ दरका १५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । पाँच वर्ष अवधिको उक्त ऋणपत्रको १०.२५ प्रतिशत ब्याजदर रहेको छ । ऋणपत्र परिपक्व भएपछि २०८१ वैशाख २ गतेदेखि साँवा र तिर्न बाकिँ ब्याज एकमुष्ट भुक्तानी हुने ग्लोबल आएमई क्यापिटलले जनाएको छ ।

क्यापिटलले कनेक्ट आइपिएसमार्फत उल्लेखित खातामै ब्याज र साँवा रकम पठाइदिने हुँदा बैंक खाता र प्यान नम्बर अद्यावधिक नभएका डिबेन्चरधनीहरुलाई आफ्नो खाता र प्यान नम्बर अद्यावधिक गर्न पनि अनुरोध गरेको छ । उक्त डिबेन्चर हिजो प्रति कित्ता १०३० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको