Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकले ६ महिनामा कमाए साढे २७ अर्ब नाफा: नबिलले सर्वाधिक कमाउँदा वृद्धिदरमा प्रभुको छलाङ

अर्थ संसार

सोमबार, ०७ माघ २०८१, १३ : १९ मा प्रकाशित

वाणिज्य बैंकले ६ महिनामा कमाए साढे २७ अर्ब नाफा: नबिलले सर्वाधिक कमाउँदा वृद्धिदरमा प्रभुको छलाङ

विगतमा आकर्षक नाफा गर्ने वाणिज्य बैंकहरूको नाफा चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा भने निराशाजनक देखिएको छ ।  बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार मुनाफा ४.६२ प्रतिशतले घटेको हो ।

वाणिज्य बैंकले दोस्रो त्रैमाससम्म कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेका छन् । गत आवको सोही अवधिमा वाणिज्य बैंकको खुद नाफा २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ थियो ।

यो अवधिमा ९ वटा वाणिज्य बैंकको नाफा घटेको छ । ११ वाणिज्य बैंकको भने बढेको छ । यो अवधिमा सबैभन्दा बढी नाफा प्रभ्र बैंकको बढेको छ । प्रभु बैंक्ले गत आवको सोही अवधिमा ७२ करोड रुपैयाँ नाफा गरेको भएपनि यस आवको दोस्रो त्रैमासमा भने १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा गर्न सफल भएको छ । बैंकले यो अवधिमा ८५.४८ प्रतिशतको नाफा वृद्धि गरेको हो ।

यस्तै, नेपाल इभ्नेटमेन्ट मेगा, ग्लोबल आइएमई, एनएमबि र एभरेष्ट बैंकले पनि राम्रो नाफा वृद्धि गरेका छन् । यी बैंकले क्रमशः ५७.१८ प्रतिशत, ४९.५१ प्रतिशत, ४५.६प्रतिशत र २१.१ प्रतिशतले नाफा वृद्धि गरेका छन् ।

कसले कति कमाए ?

हालसम्म सबैभन्दा बढी नाफा गर्ने बैंकको अग्रणी सूचीमा भने नबिल बैंक नै छ । नबिलले चालुआवको दोस्रो त्रैमाससम्म कुल ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिमा ३ अर्ब २० करोड नाफा गरेको थियो ।  

दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म २ अर्ब ४ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ यो बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। सर्वाधिक नाफा आर्जन गर्ने तेस्रो बैंकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ८० करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

यसैगरी चालु आर्थिक वर्षको पुससम्म एभेष्ट बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ३५ लाख रुपैयाँ र प्राइम बैंकले १ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा एभरेष्ट बैंकको नाफा २१.११ प्रतिशत र एनएमबि बैंकको ४५.६१ प्रतिशतले बढ्दा प्राइम बैंकको भने १४.३४ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको मंसिरसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ६४ करोड ६ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब १९ करोड २३ लाख रुपैयाँ र लक्ष्मी सनराइज बैंकले १ अर्ब १६ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।  यसैगरी पुससम्म कृषि विकास बैंकले ९५ करोड ७५ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ९० करोड २ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले ८० करोड ७३ लाख रुपैयाँले नाफा कमाएका छन्। 

चालु आर्थिक वर्षको पुससम्म राष्ट्रिय वाणिज्य बैंकले ७६ करोड ३० लाख रुपैयाँ, सिटिजन्स बैंकले ८८ करोड १८ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ५३ करोड २ लाख रुपैयाँ, नेपाल बैंकले ४६ करोड १० लाख रुपैयाँ, कुमारी बैंकले २७ करोड ५७ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले १५ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको