नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आजदेखि ‘निफ्रा हरित उर्जा ऋणपत्र ६%–२०८८/८९’ नामक ७ वर्षे अवधिको ऋणपत्र निष्कासन सुरु गरेको छ। ऋणपत्रको वार्षिक ब्याजदर ६ प्रतिशत निर्धारण गरिएको छ।
बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार प्रतिकित्ता १,००० रुपैयाँ दरका ५० लाख कित्ता ऋणपत्र सार्वजनिक गर्नेछ।
जसमध्ये ३० लाख कित्ता व्यक्तिगत (प्राइवेट प्लेसमेन्ट) मार्फत बिक्री गरिनेछ भने बाँकी २० लाख कित्तामध्ये १ लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी १९ लाख कित्ता सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। ऋणपत्र निष्कासन छिटोमा जेठ २१ गते र ढिलोमा असार १ गतेसम्म खुला रहनेछ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआइएमबि एस क्यापिटल लिमिटेडले लिएको छ। ऋणपत्रको क्रेडिट रेटिङ इक्रा नेपालले प्रदान गरेको इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी रहेको छ, जसले वित्तीय दायित्व पूरा गर्ने मामिलामा मध्यम सुरक्षित स्थिति जनाउँछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस