Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूले गर्यो ७ लाख बीमा दाबी रकम भुक्तानी

अर्थ संसार

बुधबार, ०३ असार २०७७, १५ : ४० मा प्रकाशित

बैंक अफ काठमाण्डूले गर्यो ७ लाख बीमा दाबी रकम भुक्तानी

अर्थ संसार, काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेडको विराटनगर शाखाले बिओके प्रिमियम तलब खाता अन्र्तगतको विभिन्न सुबिधाहरु मध्ये दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको रु. सात लाखको बीमा दाबी रकम हालै खाताबाहकको परिवारलाई हस्तान्तरण गरेको छ ।

उक्त शाखाका खातावाहक अमिर चौधरीको दुर्घटनामा परी असामयिक निधन भएकोले बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्सुरेन्स कम्पनी लिमिटेडसँग समन्वयमा बैंक प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख दिपेन्द्र बुढाथोकीबाट उक्त बीमा दाबी रकम स्व. चौधरीका श्रीमती मनिषा चौधरीलाई हस्तान्तरण गर्नु भएको हो । 

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको