Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डू लिमिटेडको बिओके सहज बचत खाता सार्वजनिक

अर्थ संसार

सोमबार, १२ फागुन २०७६, ११ : ११ मा प्रकाशित

बैंक अफ काठमाण्डू लिमिटेडको बिओके  सहज बचत खाता सार्वजनिक

अर्थ संसार, काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहक महानुभावहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभ लाई मध्यनजर गर्दै ‘बिओकी सहज बचत खाता’ सार्वजनिक गरेको छ ।

ग्राहक महानुभावसगंको २५ वर्षसम्म निरन्तर सहयात्राको शुभ अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको  छ । “२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खाता ग्राहक महानुभावहरुले मात्र रु २५ मा नै खोल्न सक्नुहुनेछ । उक्त बचत खातामा उच्चतम ब्याजदरको ब्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरु रहेका छन । उक्त बचत खाताका विशेषताहरु निम्न बमोजिम रहेका छन ।

  • वार्षिक ६% ब्याजदर

  •  न्यूनतम् मौज्दात रु २५ मात्र

  •  त्रैमासिक ब्याज भुक्तानीको सुबिधा

  • पहिलो वर्ष निःशुल्क डेबिट कार्डको ब्यवस्था

  •  पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको ब्यवस्था

  • पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ्ग ब्यवस्था

साथै, अन्य ग्राहकमुखी विशेषताहरु सहित संचालनमा ल्याएको उक्त खाताले ग्राहक महानुभावहरुको जीवन अझ सहज बनाउने बिश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको