Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डू लिमिटेडको भिसा नगद फिर्ता योजना

अर्थ संसार

सोमबार, १९ फागुन २०७६, ०८ : १६ मा प्रकाशित

बैंक अफ काठमाण्डू लिमिटेडको भिसा नगद फिर्ता योजना

अर्थ संसार, काठमाडौं- बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो कार्ड बाहक ग्राहक महानुभावहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभ लाई मध्यनजर गर्दै बिओके भिसा नगद फिर्ता योजना  सार्वजनिक गरेको छ ।

कार्ड बाहक ग्राहक महानुभावहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिना भित्र POS तथा E-Commerce कारोबार गर्दा रु. ५०० नगद फिर्ता पाउनु हुनेछ ।

जस अन्र्तगत एक महिना भित्र कम्तीमा २ वटा POS कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउनु हुनेछ तथा कम्तीमा २ वटा E-Commerceकारोबार गर्दा रु. २५० नगद फिर्ता पाउनुहुने बैंकले जानकारी गराएको छ ।

उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुशार लागू हुनेछ । यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार रु. ५०० वा सो भन्दा बढि हुनुपर्नेछ । उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहक महानुभावहरुलाई अनुरोध गरेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको