Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्नु क्षणिक मात्र हो, लगानीकर्ता आत्तिनु पर्दैन : छोटेलाल रौनियार

अर्थ संसार

सोमबार, २८ असार २०७८, १५ : ४९ मा प्रकाशित

बजार घट्नु क्षणिक मात्र हो, लगानीकर्ता आत्तिनु पर्दैन : छोटेलाल रौनियार

बजार घट्नु क्षणिक मात्र रहेकाे इन्भेस्टर्स फोरमका अध्यक्ष, लगानीकर्ताका नेता एवमं विश्लेषक छोटेलाल रौनियारले बताएका छन् ।

अर्थसंसार सँग कुराकानी गर्ने क्रममा उनले राजनितिक परिवर्तनले गर्दा बजारमा असर पर्नु स्वभाविक नै रहेकाे तर याे क्षणिक समयकाे लागी मात्र हुने बताएका हुन् ।

अहिले पुँजी बजारकाे आकार ठूलो बनेको बताउँदै उनले अचानककाे राजनितिक परिवर्तनले बजारमा केही असर परेकाे भएपनि लगानीकर्ताहरू आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् । सर्वाेच्चकाे निर्णय आउनासाथ लगानीकर्ताहरू आवेशमा आएर आफ्ना सेयरहरू बेचेका हुनाले बजार ह्वार्र घटेकाे उनी बताउँछन् ।

उनी भन्छन्, "सर्वाेच्चकाे निर्णय राम्राे हाे, राम्राे निर्णयले बजार पनि राम्रै हुन्छ । दिर्घकालिन रूपमा बजार बढ्ने नै हाे । लगानीकर्ताहरू आत्तिनु पर्दैन ।"

असार मसान्त सकिन लागेकाे र कर तिर्ने समय पनि लगभग सकिएकाे छ । बैंक, बीमा कम्पनी, लघुवित्तहरूकाे कमाइ पनि राम्राे छ । मौद्रिक नीतिमा पनि राम्रा कुराहरू आउँछ । सेबाेनकाे हालैकाे छलफलमा पनि नीति तथा कार्यक्रमकाे बारेमा राम्रा कुरा भएकाे छ । यी सबै कुरा हेर्दा बजार बढ्ने देखिएकाे उनकाे भनाइ छ ।

लगानीकर्ताहरूको अन्तिम लक्ष्य भनेको लाभांश रहेको बताउँदै यस्ता परिवर्तनहरूले बजारलाई खासै प्रभाव नपार्ने उनको भनाइ छ । लगानीकर्ताहरूलाई सुरक्षित र बलिया कम्पनीहरू छनोट गरी लगानी गर्न उनले सुझाव दिएका छन् । 

गत बिहीबार र हिजाे (आइतबार) दुवै दिन बजार बढेकाे थियाे । आज पनि सुरूवाती घण्टामा बजार बढेकाे थियाे । सर्वोच्च अदालतले संसद विघटन बदर गरेसँगै सेयर बजारमा पनि त्यसकाे प्रभाव परेकाे हाे ।

सर्वाेच्चकाे फैसलाले सेयर बजारमा पहिरो, आगामी यात्रा के होला ?

साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४५.०६ अंकले घटेर २८५४.७६ विन्दुमा झरेकाे छ । नेप्से १.५५ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ८.६२ अंकले घटेर ५३४.८१ विन्दुमा झरेको छ । कूल २२९ वटा कम्पनीकाे २ कराेड ६० लाख २१ हजार एक सय ४ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ९८ करोड २६ हजार ५ सय २७ रूपैयाँ बराबरको कारोबार भएकाे छ । घट्दो बजारमा कारोबार रकम बढेको हेर्दा दिर्घकालिन रूपमा बजार नघट्ने  अनुमान गरिएकाे छ ।

साेमबार सर्वाधिक काराेबार गर्ने १० कम्पनीहरूमा क्रमश : निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड संस्थापक सेयर, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल बैंक लिमिटेड, मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, हिमायन डिष्टीलरी, नबिल बैंक लिमिटेड र नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।

साेमबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा क्रमश : समृद्धि फाइनान्स कम्पनी लिमिटेड, १०.२५% केबिएल डिबेञ्चर २०८६, १०.२५% एनबिबिएल डिबेञ्चर २०८५, सिटिजन्स म्युचुअल फण्ड २, सानिमा लार्ज क्याप फण्ड, एभरेष्ट इन्स्याेरेन्स कम्पनी संस्थापक सेयर, सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेड, मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड, १०% नबिल डिबेञ्चर २०८२, १०.२५%  र सनराइज बैंक डिबेञ्चर २०८३ रहेका छन् ।

साेमबार सर्वाधिक नाफा गुमाउने १० कम्पनीहरूमा क्रमश : युनियन हाइड्राेपावर कम्पनी लिमिटेड, खानीखाेला हाइड्राेपावर, ओरियन्टल हाेटल, महुली सामुदायिक लघुवित्त, शीव श्री हाइड्राेपावर, हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड, हिमाल दाेलखा हाइड्राेपावर कम्पनी लिमिटेड, नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड र बाेटलर्स नेपाल (तराइ) लिमिटेड रहेका छन् ।

याे पनि :

राम्रो कम्पनी कसरी छनोट नगर्ने ? सेयर बजारबाट मालामाल हुने सुत्र Chhote Lal Rauniyar|ArthasansarTalk

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको