Like us!
Follow us!
Connect us!
Watch us!

क्रिप्टोका कारण देशको रेमिट्यान्समा धक्का, ४ लाख बढी नेपाली क्रिप्टो कारोबारी !

धिरज पौड्याल

अर्थ संसार

विहीबार, ०५ फागुन २०७८, १५ : ५५ मा प्रकाशित

क्रिप्टोका कारण देशको रेमिट्यान्समा धक्का, ४ लाख बढी नेपाली क्रिप्टो कारोबारी !

डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको प्रयोग बढी मुद्रा बिदेसिएको आशंका गर्दै नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालय आक्रामक रुपमा प्रस्तुत प्रस्तुत भएका छन् । विगत केही हप्तायता  प्रयोग गर्दै आएकाहरुलाई कारबाही को पहल र अन्यलाई प्रयोग नगर्न सूचना दिएको थियो । 

छोटो समयमानै सरोकारवालाले क्रिप्टोकरेन्सी प्रयोगमा रोक लगाउन विभिन्न निर्णय तथा कदम अघि बढाउनाले क्रिप्टोकरेन्सी र व्लकचेन प्रविधिमा खोज अनुसन्धान गर्दैआएका युवाहरु निरुत्साहित देखिएका छन्। सरकारले क्रिप्टोकरेन्सी कारोबार गर्दै आएकालाई कानुन दायरामा ल्याएसँगै बहस चर्किएको थियो र केही अवधि भित्रै प्रयोग गर्दै आएकालाई प्रयोग नगर्न र विदेशमा रहने नेपालीहरुलाई पनि प्रयोग नगर्न आग्रह गरेको छ र प्रयोग गरेको जानकारी दिनेलाइ सम्मान गर्ने समेत जनाएको छ। 

वैदेशिक रोजगारी जाने नेपालीहरुको संख्या बढेतापनि रेमिट्यान्स मा कमी देखिएको कारण विदेशमा रहेका नेपाली हरुले विदेशमा नै लगानी गरेको  सरकारले यस प्रति विशेष चासो र आशंका राखेको छ । वैदेशिक मुद्रा भित्रिने मुख्य श्रोतनै रेमिट्यान्समा भएको हुँदा सरकारले रेमिट्यान्स चुवावट मा विशेष चासो राखेको पाइन्छ । केही समय अघि सरकारले रेमिट्यान्समा निगरानी गर्दै हुण्डी हरुलाई कडाइ गरेको थियो अहिले वैदेशिक अध्ययनमा जाने नेपाली हरुको संख्या बढेको हुँदा क्रिप्टोकरेन्सी र ब्लकचेन प्रविधिमा जानकार रहने हुँदा लगानी बढ्न सक्ने आशंका छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ र वैदेशिक विनिमय (नियमन गर्ने ऐन) २०१९ अनुसार क्रिप्टोकरेन्सी कारोबार अवैधानिक रहेता पनि हालसालै निष्कासित सिङ्गापुरको क्रिप्टोपेमेन्ट गटेवे ट्रिपल ए को प्रतिवेदन अनुशार नेपालमा ४ लाख २३ हजार ८ सय ४० जना क्रिप्टोकरेन्सी प्रयोगकर्ता रहेको उल्लेख गरेको छ । 

क्रिप्टोकरेन्सी र व्लकचेन को वित्तीय साक्षरता ले भविष्यमा थप लगानीकर्ता बढ्ने आशंकाका साथ सरकारले कडाइ गरेको बुझ्न सकिन्छ।

हाल भने सरकारले आफ्नै भर्चुअल करेन्सी प्रयोगमा ल्याउन अध्यान सुरु गरेको छ। तपाईंहरुलाई लाग्न सक्छ क्रिप्टोकरेन्सी र राष्ट्रबैंकले जारी गर्न समान हुन तर वास्तवमा यी २ मुद्रा फरक हुन। 

क्रिप्टोकरेन्सी र भर्चुअल करेन्सीको मुख्य भिन्नता क्रिप्टोकरेन्सी विकेन्द्रीकृत हुन्छ र कसैसँग अधीन मा हुँदैन भने राष्ट्र बैंकले ल्याउन लागेको भर्चुअल करेन्सी राष्ट्र बैंकको डिजिटल करेन्सी हो र यो राष्ट्रबैंकमा केन्द्रीकृत हुन्छ। राष्ट्र बैंकले जारी गर्न लागेको डिजिटल करेन्सी हाल सञ्चालनमा रहेका भौतिक मुद्राको अभौतिक रूप हो। नेपाल राष्ट्रबैंकको अध्यक्षतामा सार्क राष्ट्रका केन्द्रीय बैंकहरुका प्रतिनिधि सहितको टोलीले अध्यान गरी कन्सेप्ट तयार पारेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको