Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको नाफामा सामान्य सुधार, ईपीएस कति छ ?

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, १४ : ३४ मा प्रकाशित

सिद्धार्थ बैंकको नाफामा सामान्य सुधार, ईपीएस कति छ ?

सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ८ करोड ८५ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १.१३ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ६ करोड ५२ लाख ३८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि २१.०५ प्रतिशतले बढेर ४ अर्ब ७६ करोड १३ लाख ५६ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ३ अर्ब ९३ करोड ३१ लाख १६ हजार रूपैयाँ रहेकाे थियाे ।

तेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि बढेर ६ अर्ब ९ करोड २८ लाख ६५ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले ५ अर्ब ५० करोड ९८ लाख १६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ र जगेडा कोषमा ८ अर्ब ११ करोड ३ लाख ९३ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) २२ रूपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ २४ पैसा रहेकाे छ ।

बैंकले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको