Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकको अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्थामा छैन : गभर्नर महाप्रसाद अधिकारी

अर्थ संसार

विहीबार, २२ बैशाख २०७९, ०८ : १३ मा प्रकाशित

मुलुकको अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्थामा छैन : गभर्नर महाप्रसाद अधिकारी

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्थामा नभएको बताएका छन् ।

साथै उनले अर्थतन्त्र रहे मात्रै व्यापारीहरुले व्यापार गर्न पाउने भएकाले केही समय सबैले धैर्य गर्नुपर्ने पनि बताएका छन् ।  बुधवार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले चालू वर्षको मौद्रिक नीतिमार्फत निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पुरा नहुने बताए ।

बैंकिङ प्रणालीमा तरलता अभावको कारण ब्याजदरमा असर परेको भन्दै उनले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा समेत २ प्रतिशतले रेट बढाएको बताए । गभर्नर अधिकारीले व्यापार घाटा बढ्दै गएमा आयातका नीतिहरुमा सोच्नु पर्ने अवस्था भने रहेको बताए ।

उनले सरकारले आयातमा रोक लगाएको नीति सँधैको लागि नभएर छोटो समयको लागि भएको बताए ।

 उनले आर्थिक वर्षको शुुरुवातमा कर्जा बिस्तार ३२ प्रतिशतसम्म पुगेको र बैकिङ प्रणालीमा तरलता अभावका कारण कर्जा विस्तार हुन नसकेको कारण निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पुरा नहुने बताए । उनले १९ प्रतिशतको कर्जा विस्तारको लक्ष्य पुरा गर्न थप २ खर्ब रुपैयाँ ऋण बैंकहरुले बिस्तार गर्नुपर्ने अवस्था रहेको पनि बताए । 

गभर्नर अधिकारीले बजारमा तरलता अभाव तथा अर्थतन्त्र चुनौती पूर्ण रहेकाले अवको दुई महीनामा २ खर्ब रुपैयाँ लगानी विस्तार हुन नसक्ने स्पष्ट पारे  । उनले मुलुकमा चालू आर्थिक वर्षमा अत्यधिक रुपमा आयात बढेकाले विदेशी मुद्रा सञ्चितिमा चाप परेको बताए ।

 गभर्नर अधिकारीले बजारमा तरलता सहज बनाउनको लागि राष्ट्र बैंकले अहिलेसम्म एसएलएफ र अरु उपकरण प्रयोग गरेर झन्डै ६६ खर्ब रुपैयाँ प्रवाह गरेको बताए । अहिले अर्थतन्त्रमा देखिएको चुनौती आत्याधिक आयात,उच्च कर्जा विस्तार र बजारमा तरलतामा परको चापको कारण देखिएको उनको भनाइ छ ।

त्यस्तै,उनले विदेशबाट आउने रेमिटेन्स औपचारिक क्षेत्रबाट ल्याउने प्रयास गर्दा गर्दै पनि नसकिएको बताए । अनुदान तथा सहुलियत दिएर रेमिटेन्स बढाउने कुरा गरे पनि अहिले नेपाल जस्तै विदेशी मुलुक पनि विदेशी मुद्रा दिन नसक्ने अवस्थामा रहेकाले सोचे जस्तो रेमिटेन्स आउन नसक्ने उनको भनाइ छ ।

अहिले माल्दिभ्स, कतार र कोरियाले समेत विदेशी मुद्रा पठाउन नसक्ने अवस्थामा रहेकाले रेमिटेन्स भित्र्याउन नेपालले जति नै योजना बनाए पनि काम नगर्ने उनले बताए ।

(यो समाचार आजको आर्थिक अभियानमा प्रकाशन गरिएको छ )

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको