Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तको कर्जाको सीमा कति हुन्छ ?

अर्थ संसार

विहीबार, १९ जेठ २०७९, १३ : ४९ मा प्रकाशित

लघुवित्तको कर्जाको सीमा कति हुन्छ ?

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरुलाई सदस्य बनाई तिनीहरुबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरुको बचत संकलन गर्ने संस्थालाई लघुवित्त वित्तीय संस्था भनिन्छ ।

लघुवित्त वित्तीय संस्थाले सदस्यहरुको समूह जमानीमा प्रति सदस्य बढीमा रु.३ लाख  विगत २ वर्षदेखि कर्जा उपभेाग गरी असल वर्गमा परेका सदस्यको हकमा बढीमा रु.५ लाख) को बिना धितो लघु कर्जा र व्यवसायिक परियोजनाको लागि स्वीकारयोग्य धितो लिई तोकिएको कृषि, लघु उद्यम तथा व्यवसाय गर्ने विपन्न तथा न्यून आय भएका व्यक्ति, फर्म वा समूहलाई बढीमा रु.१५ लाखसम्म धितो कर्जा प्रवाह गर्न सक्छ ।

लघुवित्त वित्तीय संस्थाले कति प्रकारको कर्जा प्रवाह गर्न सक्छ ?

लघुवित्त वित्तीय संस्थाले समूह जमानीमा विना धितो लघु कर्जा र स्वीकारयोग्य धितो लिई धितो कर्जा गरी दुई (२) प्रकारको कर्जा प्रवाह गर्न सक्छ ।

लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप संकलन गर्न सक्छ ?

लघुवित्त वित्तीय संस्थाले आफ्नो सदस्य वाहेकका व्यक्तिहरुबाट बचत निक्षेप संकलन गर्न  पाउँदैन । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सीमित शाखाहरुबाट मात्र र्सवसाधारणबाट निक्षेप संकलन गर्न स्वीकृति प्रदान गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको