Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से निकै महत्वपूर्ण सपोर्ट जोनमा छ, २००० तल नजाने सम्भावना उच्च : विष्णु बस्याल

अर्थ संसार

शुक्रबार, २० जेठ २०७९, १७ : १८ मा प्रकाशित

नेप्से निकै महत्वपूर्ण सपोर्ट जोनमा छ, २००० तल नजाने सम्भावना उच्च : विष्णु बस्याल

प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्यालले नेप्से परिसूचक निकै महत्वपूर्ण सपोर्टको एरियामा आइपुगेको बताएका छन्। '२१२० देखि २०७०/७५ को एरिया भनेको एकदम बलियो सपोर्टको एरिया हो। यहाँबाट एउटा बाउन्सको अपेक्षा गर्न सकिन्छ। अहिलेको लेभलबाट ४०/५० अंकको मात्रै भएपनि बाउन्स लियो भने बजार २००० को लेभलभन्दा तल नजाने सम्भावना निकै उच्च भएर जान्छ।' बस्यालले भने।  

राष्ट्र बैंक बजारको दुश्मन बन्यो 

बस्यालले नेपाल राष्ट्र्र बैंकको ४/१२ को पोलिसी निकै हार्म गरेको बताउँदै राष्ट्र बैंकले यो पोलिसीमा पुनर्विचार गर्नुपर्ने बताए। 'कमसेकम ४/१२ करोड भन्दा बढी ऋण भएका लगानीकर्ताहरुलाई सेटलमेन्टको लागि अर्को १ बर्षको समय दिने हो भने पनि बजार फर्किन्छ। राष्ट्र बैंकले यो जुन पोलिसी लिएको छ त्यो पोलिसी रिभ्यु हुनै पर्छ यसको अरु कुनै अप्सन छैन।' उनले भने। 

मर्जरको नाममा सेयर कारोबार रोक्नु अपराध 

'अन्तराष्ट्रिय अभ्यासमा मर्जरमा जाँदा स्वाप रेसियो निर्धारण गरेर कम्पनीहरुले आधिकारिक रुपमा मर्जर अनाउन्समेन्ट गर्ने गरेको पाईन्छ। यदि कम्पनीहरुले स्वाप रेसियो निर्धारण नगरी मर्जर सम्झौतामा हस्ताक्षर गरे भने पनि एक दिन पनि कारोबार रोक्का हुँदैन। हाम्रा नियामकहरुले जुन लजिक दिन्छन नि सेयर बजारमा चलखेल हुन्छ, लगानीकर्ताहरु फ़स्छन भन्ने, यो कुरामा म केहि तुक देख्दिन।मानौं, बजारमा कुनै कम्पनीले ७०% बोनस सेयर दिने चल्यो र कुनै लगानीकर्ताले महँगो मूल्यमा सेयर किन्यो, यदि कम्पनीले ७०% बोनस दिएन भने त्यो लगानीकर्तालाई नियामकहरुले क्षतिपूर्ति दिने हो ? बजार हल्ला रोक्न सक्ने क्षमता नियामकहरुसंग छ ? त्यसैले कुनै लगानीकर्ता फस्छ भनेर कारोबार नै रोक्का राख्ने भन्ने कुरा आफैमा अचम्मलाग्दो कुरा हो। लगानीकर्ताहरुले मर्जरमा जाने कमपनीहरुको ब्यालेन्स शिट, ब्रान्ड इमेज जस्ता कुराहरुको स्टडी गरेर लगानी गर्नुपर्छ। कुनै कम्पनीलाई कति मूल्यमा खरिद गर्ने भन्ने कुरा लगानीकर्ताहरुले तय गर्ने हो, नियामकले होइन।'

'अर्को कुरा यो गैरकानुनी कुरा हो। उदाहरणका लागि बिमा कम्पनीहरुको कारोबार नेप्सेले किन रोक्का राख्ने ? त्यसको कानुनी आधार के हो? कुनै कम्पनीको संचालक समितिलाई सेयर कारोबार रोक्का राख्ने अधिकार छ ? कसले दियो त्यो अधिकार ? स्टक एक्सचेन्जमा लिस्टेड कम्पनीहरुको कारोबार रोक्का राख्ने अधिकार साधारण सभालाई मात्रै हुन्छ। अहिले मर्जरको नाममा थुप्रै कम्पनीहरुको कारोबार रोकिईरहेको छ, यो अपराध हो। पब्लिक कपनीको कारोबार एकदिन पनि रोक्का हुनुहुँदैन। सेयर लिक्विड एसेट हो भन्ने थाहा छैन यिनीहरुलाई ?' उनले प्रश्न गरेका छन। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको