Like us!
Follow us!
Connect us!
Watch us!

मस्यौदा मन्त्रीपरिषदबाट छिट्टै पास हुनेमा विश्वस्त छु : सेबोन अध्यक्ष रमेश हमाल

अर्थ संसार

शनिबार, २८ साउन २०७९, २१ : ४३ मा प्रकाशित

मस्यौदा मन्त्रीपरिषदबाट छिट्टै पास हुनेमा विश्वस्त छु : सेबोन अध्यक्ष रमेश हमाल

बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रस्ताविक ३ प्रकारको ब्रोकर लाइसेन्स वितरण गर्ने सम्बन्धी संशोधित नियमावलीको मस्यौदा पास नगरी कानूनसमितिमा पठाएको छ ।

यसअघि अर्थ मन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को संशोधित मस्यौदा मन्त्रिपरिषद्मा पारित गर्न प्रस्ताव पेस गरेको थियो । विगतदेखि नै मन्त्रिपरिषद्को बैठकमा कुनै विषयमा सहमति नजुटे कानूनसमितिमा कानून संङ्गत छ या छैन हेर्न भन्दै पठाउने गरेको पाइन्छ । 

कानुन कानूनसमितिमा मस्यौदा फर्काएपछि यस विषयमा लगानीकर्ता भने  प्रस्ताब पास नभएर खारेज भएको भन्दै अनेकन समाचारहरु प्रकाशित हुँदा पूजीबजार लगानीकर्तामा निराशा छाएको थियो ।

 सोहि बिचमा नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल र नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले संयुक्त विज्ञप्ती जारी गर्दै कुनैपनि बहानामा ब्रोकर लाइसेन्स वितरण गर्नेसम्बन्धी संशोधित नियमावलीको मस्यौदा नरोक्न आग्रह गरेका छन् ।

तेस्तै स्वतन्त्र पूँजी बजार सुधार संघले प्रस्तावित ३ प्रकारको ब्रोकर लाइसेन्स वितरण गर्ने सम्बन्धी संशोधित नियमावलीको मस्यौदा अर्थ मन्त्रालयमा पठाइएको र सो प्रस्ताव मन्त्रिपरिषदबाट पास नगरी विभिन्न बहाना र आर्थिक चलखेल गर्दै कानुन मन्त्रालयमा पठाएको भन्दै आपत्ति जनाएको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै संघले सरकारले तत्काल नियमावली अभिलम्ब पारित गर्न ध्यानाकर्षण गरेका छन्। विज्ञप्तीमा पूँजी बजारमा देखिएको समस्याहरुको समाधानका लागि विभिन्न आन्दोलन र त्यस उपर सहमति गरे अनुरुप समाधानको बाटोमा राज्य पक्षले लागु पर्नेमा राज्य आफैले गरेको सहमति विपरित लगानीकर्ताको मागलाई धोका दिदै आएको आरोप संघले लगाएको छ। 

यसै विषयमा अर्थसंसारको जिज्ञासामा अर्थ मन्त्री शर्माले बिहीवारको मन्त्रीपरिषदको बैठकमा टेबल भएको छ, प्रस्तावहरु क्याविनेटमा आउने बित्तिकै पास हुदैनन्, निश्चित प्रक्रिया हुन्छन, त्यसै अन्तर्गत ब्रोकर लाइसेन्स बिस्तार सम्बन्धी संशोधित नियमावलीको मस्यौदा कानून मन्त्री रहेको कानून समितिमा गएको छ र उक्त कानून समितिले हेरेर आएपछि क्याबिनेट बैठकले पास गर्ने बताए । 

यसै विषयमा अर्थसंसार सँग कुरा गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले भने मन्त्रीपरिषदका पनि केही निश्चित प्रक्रिया होलान, त्यही भएर प्रोशेसमा रहेको भन्ने मैले पनि जानकारी पाएको बताए । उनले छिट्टै पास हुनेमा आफू विश्वस्त रहेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको