Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुले बोलाएरै दिन थाले ‘सेयर कर्जा’

अर्थ संसार

आइतबार, १२ भदौ २०७९, १७ : ४८ मा प्रकाशित

बैंकहरुले बोलाएरै दिन थाले ‘सेयर कर्जा’

बैंकहरुले मार्जिन कर्जाको लागि आवेदन गर्ने व्यक्तिहरुलाई बोलाएर धमाधम मार्जिन कर्जा दिन थालेका छन्। यसअघि लगानीयोग्य रकम नरहेको भन्दै बैंकहरुले ग्राहकहरुलाई फिर्ता पठाउने गरेका थिए। सेयर धितो कर्जाको माग उच्च रहे तापनि यसअघि वित्तिय संस्थाहरुबाट कर्जा पाउन सक्ने अवस्था थिएन। 

इमर्जिङ नेपालले चर्को आस्वा शुल्कबाट कार्यालय संचालन गर्ने रकम असुलेको खुलासा !!!

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत २५ लाखसम्मको मार्जिन कर्जामा जोखिम भार १००% मात्र कायम राख्ने र सो माथिको कर्जामा १५०% जोखिम भार कायम गरेको थियो। सो नीतिपछि बैंकहरुले २५ लाखसम्मको कर्जा माग गर्ने ग्राहकहरुलाई प्राथमिकतामा राखेर मार्जिन कर्जा प्रवाह गर्न थालेका हुन्। बैंकहरुले २५ लाखमाथिको कर्जा पनि प्रवाह गरिरहेका छन्। बैंकहरुले एकल ग्राहक धितोकर्जा अन्तर्गत रही बढीमा १२ करोड ऋण मात्रै प्रदान गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। पछिल्लो समय बैंकहरुले धेरै मात्रामा १ करोडदेखि ५ करोडसम्मका मार्जिन कर्जा सुविधा प्रदान गरिरहेको तथ्याङ्कले देखाएको छ। 

केहि महिना अघि बैंकमा गएर सेयर कर्जा दिन आग्रह गर्दा समेत कर्जा नदिएका बैंकहरुले अहिले ग्राहकलाई फोन गरेरै सेयर कर्जा प्रवाह गरिरहेका छन् । ‘केहि महिना अघि बैंकमा गएर सेयर धितोमा राखेर कर्जा माग्दा कुनै बैंकले दिएन तर अहिले बैंकले नै फोन गरेर आउनुहोस् २ दिनमै तपाईको कर्जा पास गर्छौ भने’ एक लगानीकर्ताले अर्थसंसारसंग भने ।

यसरी सेयर धितोकर्जा दिनेमा विकास बैंकहरु अगाडि छन्। ज्योति विकास बैंक, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंकहरुले ग्राहकहरुलाई बोलाई बोलाई मार्जिन कर्जा प्रदान गरिरहेका छन्। कमर्सियल बैंकहरुले पनि फटाफट मार्जिन कर्जा दिईरहेका छन्। ग्लोबल आईएमई बैंकले २५ लाखसम्मको ऋण सजिलै दिईरहेको छ। त्यस्तै अन्य कमर्सियल बैंकहरुले पनि २५ लाख सम्मको मार्जिन कर्जा सहजै दिईरहेका छन्। बैंकहरुले ग्राहकको क्रेडिटिबिलिटि विश्लेषण गरि १२ करोडसम्म पनि कर्जा दिईरहेको एक कमर्सियल बैंकका सीईओले अर्थसंसारलाई बताए।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको