Like us!
Follow us!
Connect us!
Watch us!

शंकास्पद कारोबार सूचकमा थपिए यस्ता बीमा पोलिसी तथा गतिविधिहरु

अर्थ संसार

सोमबार, २२ माघ २०८०, १८ : २२ मा प्रकाशित

शंकास्पद कारोबार सूचकमा थपिए यस्ता बीमा पोलिसी तथा गतिविधिहरु

नेपाल बीमा प्राधिकरणले शंकास्पद रिपोर्टिङका लागि थप १३ किसिमका कारोबार र गतिविधि देखिएका बीमा पोलिसीहरुलाई निगरानीमा राख्न निर्देशन दिएको छ ।

प्राधिकरणका अनुसार बिमितले पोलिसी जारी गर्नुपूर्व निजको पहिचान खुलाउन यथेष्ट विवरण दिन आनाकानी गरेमा, ग्राहक पहिचान पद्धति ( कस्टोमर ड्यु डिलिजेन्स) का बेला बिमितले दिएको पहिचान खुल्ने विवरण पुष्टि हुन नसकेमा, बिमितले आफूभन्दा नजिकको पोलिसी प्रदायकसँग सेवा नलिई टाढाको पोलिसी प्रदायकसँग पोलिसी लिन खोजेमा वा त्यसो गर्नै परे उचित कारण खुलाउन नसकेमा यस्ता गतिविधिलाई शंकास्पद गतिविधिका रुपमा रिपोर्टिङ गर्नुपर्नेछ ।

यसैगरी बिमा मध्यस्थकर्ताले उल्लेख्य नियमन नभएको स्थान, आपराधिक गतिविधि हुने स्थानहरुमा लगातार पोलिसीहरु जारी गरेमा, बिमितले सोही किसिमको पोलिसी अन्य सेवा प्रदायकसँग पनि खरिद गरेमा, बिमितले बिमा रकम नगदमै भुक्तान गर्न खोजेमा, बिमित र लाभार्थीबीचको यथेष्ट सम्बन्ध स्थापित हुन नसकेमा पनि त्यस्ता पोलिसीलाई बिमा कम्पनीहरुले शंकास्पद गतिविधिका रुपमा रिपोर्टिङ गर्नुपर्नेछ ।

यसै गरि उच्च मूल्यको पोलिसी खरिद गरि प्रिमियम तिरेको भन्दा कम मूल्यमै रिडिम गर्न खोजेमा, अस्वाभाविक रुपमा पोलिसीको प्रिमियम भुक्तान गर्न खोजेमा, विदेशी भुक्तानीका माध्यमबाट प्रिमियम तिर्न खोजेमा, धार्मिक वा च्यारिटी संस्थाबाट प्राप्त रकमले पोलिसी खरिद गरि छोटो समयमै पोलिसी सरेन्डर गरेमा पनि शंकास्पद गतिविधिका रुपमा रिपोर्टिङ गर्नुपर्नेछ ।

निर्जीवन बिमाका हकमा बिमितले सुनियोजित रुपमै बीमा रकम पाउने उद्देश्यका साथ सम्पत्तिको नाश गरेमा र सेटलमेन्टका क्रममा वैध नै ठहरिए पनि यसलाई शंकास्पद गतिविधिका रुपमा रिपोर्टिङ गर्नुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको