Like us!
Follow us!
Connect us!
Watch us!

घट्दो ब्याजदर र तरलताबीचको मौद्रिक नीति : तर्साउँदै सेयर उठाउने खेलाडीको दाउ त होइन ?

अर्थ संसार

मंगलबार, ०१ फागुन २०८०, १३ : ११ मा प्रकाशित

घट्दो ब्याजदर र तरलताबीचको मौद्रिक नीति : तर्साउँदै सेयर उठाउने खेलाडीको दाउ त होइन ?

बजारमा ब्याजदर घट्दो ब्याजदर घट्दो ट्रेण्डमा छ ।फाल्गुण महिनाका लागि अधिकांश बैंकहरुले ब्याजदर घटाएर नै सार्वजनिक गरिसकेका छन् । सोमबार बेलुका नै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा पनि गर्यो । 

ब्याजदर घट्दो अवस्थामा रहेपनि सेयरबजार, रियलस्टेट, अटो, उद्योगजस्ता लगानीका क्षेत्रमा उच्च प्रोभिजनिङ गर्ने व्यवस्थाका कारण बैंक तथा वित्तीय संस्थाले सामान्य कर्जा विस्तार गर्ने बित्तिकै क्रेडिट क्रन्चको अवस्था आउने हुँदा कर्जा विस्तार हुन भने सकिरहेको भने छैन । बजारमा अधिक तरलता हुँदा हुँदै पनि नीतिगत कडाईका कारण तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले नियमित निक्षेप संकलनलाई नै आफ्नो अन्तिम अस्त्र बनाइरहेको छ । यसरी हेर्दा अहिलेको अवस्था र नीतिबीच खासै तारतम्य भने नमिलेको भान देखिन्छ ।

तर मौद्रिक नीति जारी गर्दा भएका व्यवस्थाहरु अब कार्यान्वयनमा आउँदै जाने हुँदा सुधार देखिँदै जाने राष्ट्र बैंकको अपेक्षा रहेको बुझ्न सकिन्छ । जस अनुसार केन्द्रीय बैंकले कर्जा प्रवाहमा सहजीकरण गर्दै रियल स्टेट कर्जा र रु ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाउने र रु ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात खुकुलो बनाउने व्यवस्था कार्यान्वयनमा आएको उल्लेख गरेको छ ।

त्यसबाहेक राष्ट्र बैंकका अनुसार चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन पुनरावलोकन गरिएको छ । बैंक तथा वित्तीय संस्थाले २०७८ भदौ ८ पूर्व निष्काशन गरेको डिवेन्चरलाई ५० प्रतिशतसम्म २०८१ असारसम्म श्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था भने कार्यान्वयनमा आएको छ । साथै बैंक तथा वित्तीय संस्था र लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई कर्जा पुनरसंरचना र पुनरतालिकीकरण गर्न पाउनेसम्बन्धी व्यवस्था पनि लागु भएको छ ।

यति हुँदा हुँदै पनि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएर अधिक तरलताको अवस्था आउँदासमेत राष्ट्रबैंक त्यसलाई सम्बोधन गर्न नीतिगत व्यवस्थामा भने कमी भएको महसुस गरिएको छ । बैंक तथा वित्तीय संस्थाबाट निरन्तर निक्षेप संकलन गरिरहेको राष्ट्र बैंकले कर्जा विस्तार गर्न वातावरण बनाउनुको साटो आफै निक्षेप उठाउँदै न्यून दरमा ब्याज तिर्दै बसेको छ ।

सेयरबजारका हकमा भने बजार न्यूनतम विन्दुमा आउँदा जोखिम भारमा थप लचकता अपनाउन सक्ने ठाउँ भएको जानकारहरु बताउँछन् । अत: आउँदा दिनमा घट्दो ब्याजदर र बढ्दो तरलतासँगै सुधारिँदो नीतिगत व्यवस्थाले सेयर बजारलाई भने थप मद्दत नै पुर्याउने देखिन्छ । नीतिगत रुपमै पनि अब कस्ने ठाउँ नभएको अवस्थालाई हेर्दा बजार न्यून विन्दुमै रहँदा खेलाडी भने लगानीकर्तालाई तर्साएर सेयर बटुल्ने खेलमा लागेको त हैन भन्ने प्रश्न भने निश्चय नै उठेको देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको